नेपाल मदिरा व्यावसायिक महासंघले निषेधाज्ञाको समयमा व्यावसायिक क्षेत्रमा भएको विभेद प्रति आपत्ती जनाएको छ । मंगलवार महासंघले गरेको वजार अनुगमनका क्रममा कयौँ ठुला डिपार्डमेन्ट स्टोरहरुले खुले आम मदिराको कारोवार गरेको पाइएपछि मदिरा व्यवसायी महासंघले आपत्ति जनाएको हो । सरकारले अत्यावश्यक सेवा बाहेका सबै व्यवसाय बन्द गरेपनि ठुला डिपार्डमेन्ट स्टोरहरुले सरकारी निर्णय विपरित मदिराको कारोवार गरेर कालोवजारी गरेको व्यावसायीहरुको आरोप छ ।

मदिरा लगायतका अन्य व्यावसाय पूर्णरुपमा वन्द गर्नुपर्ने गरि सरकारले बाध्यात्मक अवस्था सिर्जना गरेपनि ठुला डिपार्डमेन्ट स्टोरहरुले भने खुल्ला रुपमा मदिरा वेच्दा पनि सरकार मौन बसेर व्यावसायीहरु विच विभेद गरेको व्यावसायीको गुनासो छ । मदिरा व्यवसाय संचालनका लागि सरकारले सबै व्यावसायीलाई समान व्यवहार गर्नुपर्ने उनीहरुको माग छ ।
हामी सरकारी निर्देशन मानेर व्यवसाय बन्द गरेका छौ, तर कयौँ ठुला डिपार्डमेन्ट स्टोरले खुल्ला रुपमा मदिरा कारोवार गर्दा व्यावसायीक सन्तुलन नभएको महासंघका अध्यक्ष शोनाम शेर्पाले वताउनु भयो । हामीले आज बजार अनुगमन गर्दा भाडभटेनी सुपर स्टोर वाहेक विग मार्ट, सेल्सबेरी लगायतका ठुला डिपार्डमेन्ट स्टोरहरुले विहानै देखि मदिरा विक्रि वितरण गरेको देखियो ।

हामी सबै ब्यावसायीलाई समान रुपमा मदिराको कारोवार गर्ने वातावरण तयार गर्न सरकारसंग आग्रह गर्दछौ । शेर्पाले भन्नु भयो यसरी ब्यावसायीहरु विच विभेद गर्दा कालावजारी हुने र व्यावसाय नै असन्तुलन हुने भएकाले सरकारले यस तर्फ समयमै ध्यान नदिए देश भरका सबै मदिरा ब्यावसाय खोल्ने चेतावनी उहाँको थियो ।

अर्काे एक प्रसगमा उहाले भन्नु भयो देश यस्तो संकटमा छ, हिसाब किताब गर्न गाह्रो छ, तर सरकार यो जोखिमपूर्ण अबस्थामा कर तिर्न बाध्यकारी आदेश गर्छ अध्यक्ष शेर्पाको भनाई छ एकातिर बाहिर ननिस्क पनि भन्ने अर्को तर्फ कर तिर पनि भन्ने के हो यस्तो उहाँ भन्नुहुन्छ ? आफैमा यस्तो बिरोधाभाषपुर्ण कुरा भएको भन्दै अवस्थामा सुधार भएपछिको हप्ता दश दिनमा कर तिर्न तयार छौ तर यो संकटकालिन अवस्थामा सरकारले हेरिदिनु पर्ने महासंघका अध्यक्ष शेर्पाको भनाइ छ ।

ब्यावसायीक कारोबार प्रर्वद्धनमा सरकारी निकायको उदासीनताले देशभरका व्यवसायीहरु मर्कामा परेको मदिरा व्यवसायी संघ काठमाडौका अध्यक्ष गोबिन्द बराल बताउनु हुन्छ । हामी राज्यका नियमहरु मान्छौ, तर हामी व्यवसायीका पीडा पनि राज्यले सम्बोधन गर्नुपर्छ अध्यक्ष बरालले भन्नुभयो ।
यस्तो संकटमा कर बुझाउन उर्दि जारि भएको छ ,यस्तो अवस्था कसरी कर तिर्ने बरालको भनाइ छ । कोरोनाको महामारीले सबै भन्दा वढि काठमान्डौ नै प्रभावित भएकाले यस्तो संकटमा ज्यानै जोगाउन कठिन छ तर राज्यले कर तिर्न गरेको उर्दि अब्यहारिक भएको उहाँको टिप्पनी छ ।

