कोरोना संक्रमितहरु अक्सिजनको अभावमा विरामीहरुले ज्यान गुमाउनु पर्ने अवस्था रहेको भन्ने जनगुनासो आएपछि राप्ती अंचल लिकर्ष एसोशियले सिलिन्डर खरिद गरि अक्सिजन आपूर्ति सहज वनाउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहि, तुलसीपुर उप-महानगरपालीका, लमहि नगरपालिकालाई रु.२५/२५ हजार र नेपाल पत्रकार महासंघ दाङले वनाएको आइसोलेशन भवनमा अक्सिजन खरिदका लागि रु. ११ हजार गरि रु. ८६ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

एशोसियसनका अध्यक्ष दामोदर बुढाथोकिको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष किशोर घिमिरे, उपाध्यक्ष लोकेन्द्र खड्का., महासचिब बामदेब अधिकारी, सस्थाका सल्लाहकारहरु श्रीधर धिताल र जनक बुढाथोकि सहितको टोलिले घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, तुलसिपुर उप-महानगरपालिका, लमहि नगरपालिका र नेपाल पत्रकार महासंघ दाङ लाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
अक्सिजन अभावले विरामीहरुको स्वास्थ्य जोखिममा रहेको खवर पाएपछि कार्यसमितिको बैठक वसि तत्काल आर्थिक सहयोग गर्ने निर्णय गरिएको एसोशियसनको अध्यक्ष दामोदर बुढाथोकीले वताउनु भयो । संस्थाले सक्दो सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै उहाँले सबै मिलेर कोरोना महामारी नियन्त्रण गर्नु पर्ने पनि वताउनु भयो ।

हामीले थोरै रकम उपलब्ध गराएको भएपनि सबै संघ, संस्थाहरुले सक्दो सहयोग गर्दा अहिलेको अक्सिजन अभावमा उत्पन्न जटिलता कम हुने महासचिव बामदेव अधिकारीले वताउनु भयो । सबै निकायहरुको साझा प्रयासमा विरामीहरुको उपचारमा मद्यत गर्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।
कोरोना महामारी नियन्त्रणमा लागेका सबै निकायहरुसंग सहकार्य र समन्वय गरि स्रोत साधनको सहि परिचालन गर्नसके सकंट समधान गर्न सहज हुने भन्दै सल्लाहकार श्रीधर धितालले संस्थाले सहयोग गरेर सकारात्मक सन्देश दिएको बताउनु भयो ।
महामारी नियन्त्रणमा आर्थिक सहयोग गरेकोमा तुलसिपुर उपमहानगरपालिका र लमहि नगरपालीकाले एसोशियसन प्रति आभार ब्यक्त गदै उक्त रकम अक्सिजन आपुर्तिमा लगानी गर्ने वताएका छन । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि प्राप्त भएको सहयोग रकमलाई तत्काल प्रयोग गरि अक्सिजन खरिद गर्ने जनाएको छ भने नेपाल पत्रकार महासंघले आइसोलेसनका लागि आवश्यक पर्ने अक्सिजन खरिद गर्ने महासंघका कोषाध्यक्ष सरद रेग्मीले वताउनु भयो ।

