अक्सिजनको अभावमा कोरोना संक्रमित विरामीहरुले ज्यान गुमाउनु पर्ने अवस्था उत्पन्न भएपछि कैलालि जिल्लामा अक्सिजन कन्सन्ट्रेटर अभियान सुरु गरिएको छ । रोटरी कल्व धनगडिले संचालन गरेको उक्त अभियानमा मदिरा ब्यवसायी संघ कैलालिले रु.५१ हजार आर्थिक सहयोग गरेको छ ।
कोरोना महामारीको संक्रमन वढेसंगै कैलालि जिल्लाका अस्पतालहरुमा अक्सिजनको अभाव देखिएको छ । अक्सिजनको अभाव भएपछि विरामीहरुको उपचारमा जटिलता आउन सक्ने भएपछि अक्सिजन आपुर्तिका लागि संघले यस अभियानमा आर्थिक सहयोग गरेको मदिरा ब्यावसायी संघ कैलालिका अध्यक्ष पुस्करराज भाटले जानकारी दिनु भयो ।

केहि समय देखि उत्पन्न मानवीय संकट समधानका लागि सबै निकायहरुले सक्दो सहयोग गर्नु पर्ने वताउदै अध्यक्ष भाटले संघको तर्फवाट उक्त सहयोग गरिएको वताउनु भयो ।
हामीले थोरै रकम उपलब्ध गराएको भएपनि सबै संघ, संस्थाहरुले सक्दो सहयोग गर्दा अहिलेको अक्सिजन अभावको जटिलता कम हुने संघका महासचिव इन्द्रवहादुर सेठिले वताउनु भयो । सबै निकायहरुको साझा प्रयासमा विरामीहरुको उपचारका आवश्यक सामाग्री ब्यबस्थापनमा मद्यत गर्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।
जिल्लामा अक्सिजन आपुर्ति सहज वनाउन रोटरी कल्व कैलालिले संचालन गरेको अक्सिजन कन्सन्ट्रेटर अभियानमा विभिन्न ब्यक्ति तथा संस्थाहरुले आर्थिक सहयोग गरेका छन । कोरोना संक्रमित भएका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी जिल्लाका अस्पतालहरुलाई वितरण गर्ने क्लबले जनाएको छ । एक थान अक्सिजन कन्सन्ट्रेटरको मुल्य एक लाख ३० हजार नेपाली पर्ने वताईएको छ ।

