तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा ब्रुअरीको संयुक्त सहयोगमा कोभिड उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोड भन्दा बढी रकमको विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गर्ने भएको छ ।

सिंगापर स्थीत तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा ब्रुअरीको संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर, विपाप मेसिन, अक्सिमिटर, फार्टिट्यूड किट तथा स्वाव परिक्षण किट लगायतका विभिन्न सामानहरु सहयोग गर्ने गोर्खा ब्रुअरीले जनाएको छ ।

