टाइगर व्रअरीका संचालक तथा मदिरा उद्यमी तेजेन्द्र खड्काको दुखद निधन प्रति नेपाल मदिरा ब्यावसायी महासंघले गहिरो दुःख ब्यक्त गरेको छ । महासंघका अध्यक्ष शोनाम शेर्पाले सामाजिक सन्जाल मार्फत दुःख ब्यक्त गर्नु भएको हो ।

मदिरा उद्यमी खड्काको निधनले नेपालको ब्यवसायीक क्षेत्रमा एक सफल ब्यवसायी ब्यक्ति गुमाएको भन्दै अध्यक्ष शेर्पाले उहाँको निधनले ब्यबसायीक क्षेत्रमा ठुलो क्षति भएको वताउनु भएकाे छ ।
मदिरा उद्यमी खड्काको दुखद निधनले महासंघ स्तब्ध भएको भन्दै दुखको यस क्षणमा मृत आत्माको चिरशान्तिको कामना गदै शोकाकुल परिवारजनमा गहिरो समबेदना ब्यक्त गरिएको छ ।
स्वास्थ्थ्यमा समस्या देखिएपछि केहि दिन अधि मेडिसिटि अस्पतालमा उपचारत खड्काको ५३ वर्षको उमेरमा विहिवार दिउँसो उपचारका क्रममा निधन भएको हो ।

