मदिरा संघ कास्कीले लेखनाथ अस्पताललाई ५१ हजार बरावरको स्वास्थ्य सामाग्री प्रदान

मदिरा ब्यवसायी संघ कास्की पोखराले कोरोना भाइरस रोकथाममा आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । संघले पोखरा महानगरपालिका वडा नं.३० मा रहेको संक्रमक तथा सरुवा रोग अस्पताललाई करिव एकाउन्न हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको संघका अध्यक्ष डिल्लीराम पनेरुले वताउनु भयो ।

संघले अस्पताललाई सर्जिकल माक्स २ हजार थान, एन ९५ माक्स २ सय थान, सर्जिकल पञ्जा २ हजार थान, सेनिटाइजर ५० लिटर लगायतका विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो ।

सघका पदाधिकारीहरु स्वास्थ्य सामग्री प्रदान गर्दै

स्वास्थ्य सामग्रीको अभावमा कोरोना संक्रमितको उपचारमा कुनै समस्या नहोस भनेर उक्त सामग्री उपलब्ध गराईएको अध्यक्ष पनेरुको भनाई छ । यस्तो महामारीमा सबै निकायले सक्दो सहयोग गर्नु पर्ने वताउदै संघले सामाजिक उत्तरदायित्व पुरा गरेको अध्यक्ष पनेरुले वताउनु भयो ।

हामीले थोरै रकम उपलब्ध गराएको भएपनि सबै संघ, संस्थाहरुले सक्दो सहयोग गर्दा अहिलेकोे जटिल अवस्थामा विरामीको उपचारमा सहज हुने संघका वरिष्ठ उपाध्यक्ष सुरेश घिमिरेले वताउनु भयो । सबै निकायहरुको साझा प्रयासमा विरामीहरुको उपचारका आवश्यक सामाग्री ब्यबस्थापनमा मद्यत गर्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।

कोरोना महामारीले गर्दा विरामीहरु थपिदै जादा स्वास्थ्य सामाग्रीहरुको अभाव हुदै गएकाले संघको निर्णयले अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको महासचिव कृष्ण रानाभाटले वताउनु भयो ।

मदिरा संघले प्रदान गरेका स्वास्थ्य सामाग्रीले अस्पताल संचालनमा थप सहयोग हुने भन्दै अस्पतालका प्रशासक विकास गौचनले महामारीकाे समयमा सबै सघ, सस्था र निकायहरुकाे साथ सहयाेग र समन्वय आवश्यक हुने वताउदै गाैचनले यसको सूरुवात मदिरा ब्यावसायी सघ कास्कीले गरेको उहाँको भनाइ छ ।

मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष डिल्लीराम पनेरु, सल्लाहकार राजु भुवाई, वरिष्ठ उपाध्यक्ष सुरेश घिमिरे, महासचिव कृष्ण रानाभाट, सहकोषाध्यक्ष मिलन शमसेर राणा, सदस्यहरु विरेन्द्र पुन, श्रीराम पोख्ररेल, सरोज पौड्ल लगायतको सहभागितामा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संघका कार्यालय सचिव निशान खनालले जानकारी दिनु भयो ।

Share This On:

Leave a Reply