नेपाल मदिरा ब्यावसायी महासंघ वागमति प्रदेशका अध्यक्ष मदन गौतमले कोरोना महामारीको संकटपूर्ण अवस्थामा स्वास्थ्य सचेतना अपनाउन ब्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । कोरोना संक्रमन वढ्दै गएको र यसवाट सबै भन्दा वढि वागमति प्रदेश प्रभावित भएको भन्दै गाैतमले संक्रमन वढिरहेको वेला स्वास्थ्य सचेतता अपनाउनु पर्ने वताउनु भएको हो ।
शनीवार सामाजिक संञ्जाल मार्फत ब्यवसायीहरुलाई स्वास्थ्यको ख्याल राख्न र महामारी रोगथाममा सक्दो सहयोग गर्न जिल्ला अध्यक्षहरुलाई समेत आग्रह गर्नु भएको छ । वागमति प्रदेशका सबै जिल्लाहरुले आफ्ना ब्यावसायीहरुको अवस्था वुझ्न र आवश्यक सहयोग गर्न अध्यक्ष गाैतमकाे आग्रह छ ।

कोरोना संक्रमनले दैनिक सयौको स्वास्थ्य जोखिमपूर्ण वन्दै गएकाले यस्तो अवस्थामा आफु र आफ्नो परिवारमा स्वास्थ्य सचेतना अपनाएर संक्रमन रोगथाम गर्न सक्दो सहयोग गर्नु पर्ने उहाँको भनाई छ ।
यसै विच कोरोना संक्रमनवाट उपचारतहरुको शिघ्र स्वास्थ्य लाभको कामना गदै महासंघका प्रदेश अध्यक्ष गौतमले कोरोना महामारीवाट मृत्यु भएकाहरु प्रति भावपूर्ण श्रद्धान्जलि ब्यक्त गदै शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्नु भएको छ ।

