नेपाल मदिरा ब्यावसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । महासंघले नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालय मार्फत उक्त सामग्री प्रदान गरेको हो । नेपाल मदिरा ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेललाई बिहिबार दश हजार माक्स र एक हजार सेनिटाईजर हस्तान्तरण गर्नु भएको हो ।

मदिरा महासंघका अध्यक्ष साेनाम शेर्पाले विकट तथा दुर्गम क्षेत्रमा रहेका पत्रकारहरु स्वास्थ्य सामग्रीहरुको अभावमा स्वास्थ्यमा जोखिम वढ्न सक्ने भएकाले उक्त सहयोग गरिएको वताउनु भयो । हामीले विभिन्न संकटहरुमा मानवीय सेवा र सहयोग गदै आएको बताउदै शर्पाले आगामी दिनमा पनि नेपाल पत्रकार महासंघसंग सहकार्य गर्ने पनि बताउनु भयो ।

स्वास्थ्य सामाग्री सहयोग गरेकोमा नेपाल पत्रकार महासंघले मदिरा ब्यवसायी महासंघलाई आभार तथा धन्यवाद दिएको छ । पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेलले मदिरा ब्यावसायी महासंघले प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना महामारीमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुका प्रदान गरिने बताउनु भयो ।
यस्तै पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महामारीको संकटपूर्ण अवस्थामा पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री प्राप्त हुनु निकै महत्वपूर्ण भएको वताउदै मदिरा महासंघको इच्छा अनुसार विकट र दुर्गम क्षेत्रका पत्रकारहरुका लागि उक्त्त सामानहरु पठाउने वताउनु भयो । संकटहरुमा दुवै महासंघ विच सहकार्य हुनपर्ने वताउदै आगामी दिनहरुमा पनि निरन्तर सहकार्य गर्न आवश्यक रहेको वताउनु भयो ।
उक्त स्वाथ्य सामाग्रीहरु बोकेर मदिरा महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा, कोषाध्यक्ष रुपक अर्यालय, सदस्य राजन केसी र महासंघका सल्लाहकार अधिबत्ता दिनेश खड्का पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगल काठमाडौ पुग्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघका केद्रिय अध्यक्ष विपुल पोखरेल ,बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट ,उपाध्यक्ष बाला अधिकारी, कोषाध्यक्ष कलेन्द्र सिलवाल लगाएतको सहभागिता रहेको थियो ।

