अरु ब्यावसाय जस्तै निर्वादरुपमा मदिरा ब्यावसाय संचालनमा सहज बनाउन महासंघको आग्रह

नेपाल मदिरा ब्यावसायी महासंघले मदिरा ब्यावसाय संचालनका लागि सहज बनाउन सरकारसंग आग्रह गरेको छ । कोरोना संक्रमनको महामारी फैलिएसंगै गत बैशाख १६ गते देखि लागु गरिएको निषेधआज्ञालाई खुकुलो वनाउने सरकारी तयारी भै रहदा महासंघले यस्ताे आग्रह गरेकाे हाे । खाद्यन्न, फलफुल, पुस्तक पसल, हार्डवयर, डिर्पाडमेन्ट स्टोर लगायतका ब्यावसाय संचालनका लागि थप सहज वनाउने सरकारी निर्णय हुन अधि महासंघले मदिरा ब्यावसाय सञ्चालनका लागि सहज बनाउन आग्रह गरेको छ । अरु ब्यावसाय जस्तै मदिरा ब्यावसाय संचालनका लागि पनि सहज बनाउनु पर्ने मदिरा ब्यावसायीहरुको माग छ ।

महासंघका अध्यक्ष शोनाम शेर्पा

डिपार्डमेन्ट स्टोरहरुले खाद्यान्न, मदिरा लगायतका विभिन्न सामानहरु निर्वाद रुपमा विक्रि गर्ने भएपछि मदिरा पसलहरु मात्र वन्द हुदाँ ब्यावसायीहरु मर्कामा पर्ने भन्दै महासंघले तोकिएका जनस्वास्थ्य मापदण्डको पालना गरि डिपार्डमेन्ट स्टोर लगायतका अरु पसलहरु जस्तै मदिरा पसलहरु संचालनका लागि सहज वनाउन महासंघले सरकारसंग आग्रह गरेको छ ।

डिपाडमेन्ट स्टोरले निर्वादरुपमा मदिराको कारोवार गर्दा अन्य मदिरा पसलहरु वन्द गर्न भन्नु राज्यको विभेदपूर्ण ब्यवहार भएको मदिरा ब्यावसायी महासंघका अध्यक्ष शोनाम शेर्पाको भनाई छ । हामी फेरि पनि सरकारसंग आग्रह गर्दछौ राज्यले अन्य ब्यावसाय जस्तै मदिरा ब्यावसायीहरुलाई समान ब्यबहार गरोस । ब्यावसायीक क्षेत्रमा गरिने यस्ता असमानताका विरुद्ध महासंघले कडा विरोध गर्ने उहाँले वताउनु भयो ।

कोरोना संक्रमन रोक्न सरकारले जारि गरेको निर्देशनको पूर्णरुपमा पालना गरि डिपार्डमेन्ट स्टोरहरु, खाद्यान्न, हार्डवयर, पुस्तक, कपडा लगायतका पसलहरु मात्र संचालन गरि मदिरा ब्यावसाय वन्द गर्न खोजे देश भर आन्दोलन गर्ने महासंघले जनाएको छ । अन्य ब्यावसाय संचालन हुदाँ कोरोना महामारी नहुने तर मदिरा ब्यावसाय संचालन हुदाँ मात्र महामारी हुने हो र ? अध्यक्ष शेर्पाको भनाई छ अन्य ब्यावसाय जस्तै मदिरा ब्यावसाय संचालनमा विभेद गरिए महासंघ सहेर वस्दैन यसका लागि कडा आन्दोलन गरिने छ । यस्ता ब्यावसायीक असमानताका विरुद्ध कडा आन्दोलनका लागि तयार रहन पनि महासंघले सबै प्रदेश तथा जिल्ला संघहरु र महासंघमा आवद्ध सबै ब्यावसायीहरुलाई आग्रह समेत गरेको छ ।

कोरोना संकट वढेपछि विश्वका विभिन्न देशहरुमा लगडाउन भएपनि मदिरा तथा मदिराजन्य ब्यावसाय लगायतका दैनिक उपभोग्य वस्तुहरुको विक्रि वितरणका लागि निश्चित मापदण्ड प्रयोग गरि कारोवार भैरहेकोले नेपालमा पनि कोरोना संक्रमनका लागि सरकारले तोकेको मापदण्ड पुरा गरेर मदिरा ब्यबसाय संचालन गर्न पाउनु पर्ने माग ब्यबसायीहरुको छ ।

मदिरा पसलहरु वन्द हुदा मदिराको अवैध कारोवारो हुने र यसले गर्दा सरकारी राजस्वमा क्षति पुग्ने तर्फ सचेत हुन समेत सरकारलाई महासंघले आग्रह गरेको छ । मदिरा पसल वन्द हुदा घरेलु मदिराको उत्पादन बृद्धि हुने र यसले खाध्यान्नको दुरुपयोग हुने महासंघको भनाई छ ।

मदिरा ब्यावसाय वन्द भएसंगै यस क्षेत्रमा संग्लन ब्यापारी र कामदारहरुको रोजीरोटि गुम्ने, घरभाडा र बैकंको ब्याज मात्र तिर्नु पर्ने बाध्यताले ब्यावसाय धरासायी हुने, बेयर, वाईन तथा जुसहरुको उपभोग गर्ने मिति निश्चित हुने भएकाले लामो समय ब्यावसाय वन्द हुदा म्याद गुर्जेर ब्यबसायीहरुको करोडौंको क्षतिपुग्ने लगायतका कारण मदिरा ब्यवसाय संचालन हुनु पर्ने मदिरा ब्यावसायी महासंघका उपाध्यक्ष विष्णु कुमार श्रेष्ठले वताउनु भयो ।

मदिरा व्यवसाय बन्द हुँदा राज्य र ब्यावसायीलाई करोडौको क्षति हुने महासंघले जनाएको छ । यो परिस्थितिमा राज्यबाट कानुन बमोजिम विभिन्न निकायमा दर्ता भई मदिरा सम्वन्धी ऐन नियमहरुलाई पूर्ण पालना गरि राजश्व तिरेर संचालन गरिएको मदिरा व्यवसाय संचालन गर्दा राज्य र ब्यवसायीलाई नै फाईदा हुने अध्यक्ष शेर्पाको भनाई छ ।

नेपालमा राज्यले ब्यावसायीक क्षेत्रवाट संकलित कुल राजस्वको २५ प्रतिशत भन्दा बढि योगदान मदिरा ब्यावसायले मात्र गदै आएको छ । यो नै ब्यावसायीक क्षेत्रमा संकलन हुने उच्च राजस्व दर भएपनि सरकारले मदिरा ब्यावसाय संचालनमा बारम्वार असहजता र्सिजना गदै आईरहेको ब्यबसायीहरुको गुनासो छ ।

Share This On:

Leave a Reply