मदिरा ब्यावसाय संचालनको माग गदै महासंघको टोली सर्वोच्चमा

नेपाल ब्यावसायी महासंघले सरकारले ब्यावसाय संचालनका लागि पछिल्लो पटक गरेको निर्णयमा असुष्टि जनाउदै सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । निशेषाज्ञा खुकुलो बनाउने भन्दै सरकारले विभिन्न ब्यावसाय संचालनका लागि साप्ताहिक रुपमा ब्यावसाय सञ्चालनका लागि छुट्टाछुटै समय निर्धारण गरेको भएपनि मदिरा ब्यावसाय संचालनका लागि कुनै निर्णय नगरेको भन्दै ब्यावसायीक हक, हित र अधिकार स्थापित गर्न महासंघ सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो ।

नेपाल मदिरा ब्यावसायी महासंघको टोली कानुन ब्यावसायीहरुको साथ सर्वोच्च अदालत परिसरमा

बुधवार रिट दर्ता प्रकृयाका लागि महासंघको टोली कानुन ब्यावसायीहरुको साथ सर्वोच्च अदालत पुगेको हो । महासंघका कानुनी सल्लाहकार अधिबक्ता सुदिप नेपाल र अधिबक्ता दिनेश खड्काले रिट निवेदन दर्ताका लागि आवश्यक सबै तयारी गर्नुभएको महासंघका अध्यक्ष सोनाम शेर्पाले वताउनु भयो ।

मदिरा ब्यावसायीहरुको ब्यावसायीक हक, हित र अधिकारका लागि महासंघले निरन्तर काम गरिरहेको वताउनदै अध्यक्ष शेर्पाले तत्काल ब्यावसाय संचालनका लागि राज्यका विभिन्न निकायहरु मार्फत पहल भैरहेको जानकारी दिनु भयो ।

मदिरा ब्यावसाय संचालनका लागि हिजो मात्र महासंघका पदाधिकारीहरुको टोलीले काठमान्डौ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र वुझाउदै मदिरा ब्यावसाय संचालनका लागि प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसंग आग्रह गरेको थियो ।
महासंघका अध्यक्ष सोनाम शेर्पाको नेतृत्वमा मदिरा ब्यावसायी महासंघ र काठमान्डौ लगायतका उपत्यकाका विभिन्न जिल्ला संघका पदाधिकारीहरु सर्बोच्च अदालत पुग्नु भएको हो ।

Share This On:

Leave a Reply