मंगलवार देखि काठमान्डाै लगायतका उपत्यकाका ललितपुर, भक्त्तपुर जिल्लाहरुमा मदिरा ब्यावसाय संचालन हुने भएको छ । काठमान्डौ जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निशेधाज्ञा थप गदै दैनिक संचालन हुने विभिन्न ब्यावसायहरुको सूचि सार्वजनिक गर्दै अन्य ब्यावसाय अन्तरगत मदिरा ब्यावसाय लाइ पनि संचालनका लागि अनुमति दिएको छ ।सोमबार जारि सुचना पछि मंगलवार विहान ११ वजे देखि बेलुकी ६ वजे सम्म उपत्यकाका सबै मदिरा पसलहरु संचालन हुने छन । यस अधि विभिन्न ब्यावसायहरु संचालन हुदै आएपनि मदिरा ब्यावसाय संचालनका लागि कुनै निर्णय नगरिएको भन्दै नेपाल मदिरा ब्यावसायी महासंघले विरोध गदै आएको थियो ।
महासंघले कोरोना संक्रमणमा कमी आएसंगै संचालन भएका विभिन्न ब्यवसाय संचालनको सुचीमा मदिरा ब्यावसायलाइ समावेश नगरेको भन्दै गत ८ गते जिल्ला प्रशासन कार्यालय, काठमान्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलिलाई ज्ञापन पत्र वुझाउदै ध्यानार्कषण गराएको थियो । महासंघका अध्यक्ष साेनाम शेर्पाकाे नेतृत्वमा गएको ब्यावसायीहरुकाे टाेलीले उक्त ज्ञापनपत्र मार्फत तत्काल मदिरा ब्यावसाय संचालनका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी पराजूलिसंग आग्रह गरेको थियो ।
साेमबार काठमान्डाै जिल्ला प्रशासन कार्यालयबाट जारि गरिएकाे सुचना
यसै गरि सरकारले बारम्वार ब्यावसाय संचालनमा अवरोध गरेर मदिरा ब्यावसायीहरुको हक, हित र अधिकार प्रति गम्भिर नभएको भन्दै महासंघका अध्यक्ष शाेनाम शेर्पाले मदिरा ब्यावसायीहरुको हक, हित र अधिकार स्थापीत गर्न भन्दै सर्बोच्च अदालतमा रिट निवेदन दर्ता गर्नु भएको थियो ।
आज भएको सो रिट निवेदनको सुनुवाई गदै सर्बोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, नेपाल सरकार गृह मन्त्रालय र काठमान्डौ जिल्ला प्रशासन कार्यालयका नाममा मदिरा ब्यासाय संचालनमा अवरोध गर्नुको कारण देखाउन आदेश जारि गरेको छ ।
मदिरा ब्यावसायीहरुको अधिकार स्थापित गर्न नेपाल मदिरा ब्यावसायी महासंघको निरन्तरको संघर्ष पछि अन्य ब्यावसायहरु जस्तै मदिरा ब्यावसाय पनि सहजरुपमा संचालन हुने भएको छ ।
मदिरा ब्यावसाय सञ्चालन हुने भए पछि महासंघका अध्यक्ष शेर्पाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि तोकिएको समय भित्र विवार्दरुपमा मदिरा ब्यावसाय संचालन गर्न सबै ब्यावसायीहरुलाई आग्रह गर्नु भएको छ । ब्यावसायीका अधिकारहरुका लागि महासंघले निरन्तर काम गर्ने बताउदै, उहाँले अन्य जिल्लाहरुमा ब्यावसाय संचालनमा कुनै अवरोध भएमा महासंघलाई तुरुन्तै जानकारी गराउन समेत आग्रह गर्नु भएको छ ।




