ब्यवसायीलाई राहत तथा सौलियत दिन मदिरा संघ रुपन्देहीको माग

नेपाल मदिरा ब्यवसायी संघ रुपन्देहीले लामो समय देखि ब्यवसाय बन्द हुदाँ अन्य ब्यावसायको जस्तै मदिरा ब्यवसायको पनि बैंकको ब्याज, घरभाडा लगायतको खर्च बढ्दा ब्यवसाय धरासयी हुने अवस्थामा पुगेकोले सरकारले अन्य ब्यवसायलाई जस्तै मदिरा ब्यवसायीलाई पनि राहत तथा सौलियतको ब्यवस्था गर्नुपर्ने माग गरेको छ । अन्त: शुल्क मिनाह, बैंक ब्याज छुट र सौलियत ऋण दिनु पर्ने लगायतका माग ब्यवसायीले गरेका छन ।

This image has an empty alt attribute; its file name is madira-Rupandehi.jpg
संघका जिल्ला अध्यक्ष शम्भु प्रसाद भटराई


आज मदिरा ब्यवसायी संघले रुपन्देहिमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो माग गरिएको हो । संघका जिल्ला अध्यक्ष शम्भु प्रसाद भटराईले पत्रकार सम्मेलनमा कोरोना महामारीका कारण अन्य ब्यावसायहरुमा जस्तै मदिरा ब्यवसायमा पनि निकै समस्याहरु भएकाले मदिरा लगायत कोरोना महामारीवाट प्रभावित भएका सबै ब्यवसायहरुका लागि सरकारले राहत तथा सौलियतका विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने वताउनु भएको छ । लामो समय सम्म ब्यावसाय संचालन नहुदाँ बैकको ब्याज, घरभाडा लगायतका प्रशासनिक खर्च वढ्दा ब्यवसाय सिथिल हुदै गएकाले ब्यावसायीक प्रर्वद्धनका लागि सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

राज्यलाई ब्यवसायीक क्षेत्रबाट उल्लेख्य मात्रामा कर तिर्ने मदिरा ब्यवसायका लागि सरकारले राहत तथा साैलियतका कार्यक्रम ल्याउनुपर्ने संघका कोषाध्यक्ष भागिरथ पाण्डेले वताउनु भयो । पत्रकार सम्मेलनमा संघका सचिव बावुराम ज्ञवालीले हरेक संकटको वेला ब्यवसायीले राज्यलाई सहयोग गदै आएकाले राज्यले पनि ब्यवसायी प्रति जिम्मेवार भएर सहयोग गर्नुपर्ने वताउनु भयो ।
राज्यलाई ब्यवसायीक क्षेत्रबाट संकलन हुने कुल राजस्वको करिव २५ प्रतिशत योगदान मदिरा ब्यवसायीबाट मात्र संकलन हुदै आएकाले यस्तो महामारीको संकटवाट उत्पन्न जटिलतामा राज्यले मदिरा ब्यवसायीलाई सहयोग गर्नु पर्ने मदिरा ब्यवसायीहरुको माग छ । मदिरा ब्यवसाय प्रभावित हुदाँ यस क्षेत्रमा कार्यरत लाखौ कामदारहरुको रोजगारी समेत प्रभावित हुनेहुदाँ ब्यवसाय प्रर्वद्धनका लागि अन्तःशूल्कमा मिनाह, बैकं ब्याज छुट तथा सौलियत ऋिण दिनुपर्ने माग ब्यवसायीको छ ।

मदिरा ब्यवसायी संघका अध्यक्ष शम्भु प्रसाल भटराईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन महासचिव हिमाल भुसालले संचालन गर्नु भएको थियो भने उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न संचार माध्यमा कार्यरत पत्रकारहरु र मदिरा ब्यवसायीहरुको सहभागिता रहेको थियो ।


Share This On:

Leave a Reply