मदिरा व्यवसायी संघ ललितपुरकाे आयाेजनामा शुभकामना आदानप्रदान कार्यक्रम

मदिरा ब्यबसायी संघ ललितपुरले बिजया दशमी, शुभ दिपावली तथा छठ पर्बको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार ललितपुरको असोक पार्टी प्यालेसमा सम्पन्न भएको छ । मदिरा व्यवसायी बिचको सामिप्यता अभिबृदी गर्न कार्यक्रमको आयोजना गरिएको मदिरा संघ ललितपुरले जनाएको छ । कार्यक्रम प्रमुख अतिथी तथा नेपाल मदिरा महासंघका अध्यक्ष सोनाम सेर्पाले शुभकामना व्यक्त गर्दै व्यावसायिक हक, हित र अधिकारका लागि महासंघ सदैब तयार रहेको बताउदै व्यावसायिले अब कुनै समस्या बेहोर्नु नपर्ने बताउनु भयो ।

कार्यक्रम प्रमुख अतिथी तथा नेपाल मदिरा महासंघका अध्यक्ष सोनाम सेर्पाले शुभकामना व्यक्त गर्दै

महासंघले व्यावसायिक हक, हित र अधिकार स्थापित गर्न २ जना कानुन ब्यबसायीहरु रहेको, मिडियामा परिचालनको समेत संरचना बनाउने काम भएको बताउदै विभिन्न जिल्लामा मदिरा संचालनमा स्थानीय निकायले गरेको असहयोग प्रती आपत्ति जनाउदै अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा महासंघको आफ्नै भवन निर्माण सम्पन्न भएको र आगामी दिनमा मिडिया स्टुडियो, गेस्टहाउस निर्माण गरिने जानकारी दिनु भयो ।

महासंघले सबै स्रोत साधन परिचालन गरेर भएपनि मदिरा व्यावसायिको अधिकार स्थापित गरिने अध्यक्ष सेर्पाको भनाइ छ ।कार्यक्रममा महासंघका कोषाध्यक्ष रुपक अर्याल, बागमती प्रदेशका अध्यक्ष मदन गौतम, सदस्य सालिकग्राम कडेल, महासघका सल्लाहकार अधिबक्ता दिनेश खड्का, मदिरा संघ ललितपुरका पदाधिकारी लगायत मदिरा व्यवसायीहरुकाे उपस्थिति रहेको थियो ।
ललितपुर मदिरा संघका उपाध्यक्ष बिमल थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे बागमती प्रदेश अध्यक्ष मदन गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो।कार्यक्रमको संचालन संघका सचिव हरिहर अधिकारीले गर्नु भएको थियोे ।

Share This On:

Leave a Reply