नेपाल मदिरा ब्यवसायी महासंघले होटेल तथा मदिरा ब्यवसायी संघ सिराहका अध्यक्ष तथा ब्यावसायी संजय कुमार साहलाई विना कारण थुनामा राखेको घटना प्रति गम्भिर ध्यानार्कषण भएको जनाएको छ । असोज १२ गते लहान नगरपालिका स्थित नयाँ वजारमा रहेको जिर्ण भवन भत्काएर पुननिर्माण गर्ने विषयमा भएको विवादका क्रममा भडप भएको र उक्त घटनामा सहभागि भएको भन्दै अध्यक्ष साहलाई प्रहरीले पक्रेको थियो ।
स्थानीय राजनितिक कार्यकर्ताहरुको दवारमा पूर्वाग्रहि रुपमा निर्दोष ब्यवसायीमाथी झुटा मुद्धा लगाउनु निकै दुखद भएको महासंघको जनाएको छ । महासंघका अध्यक्ष शोनाम शेर्पाले आईतवार एक विज्ञाप्ती जारि गदै अध्यक्ष साहलाई विना सर्त तुरुन्तै रिहाई गर्न स्थानीय प्रशासनसंग माग गर्नु भएको छ । विज्ञाप्ती मार्फत अध्यक्ष शेर्पाले मदिरा संघका अध्यक्ष तथा ब्यवसायी संजय साहलाई तत्काल रिहाई नगरे महासंघको नेतृत्वमा देशभर कडा आन्दोलन गरिने समेत वताउनु भएको छ ।
ब्यवसायीलाई गैरकानुनी थुनामा राखेर हतोसाहित गरेको भन्दै महासंघले साहलाई थुनामा राखेर स्वतन्त्रतापूर्व ब्यापार ब्यवसाय गर्न पाउने सविधानप्रद्धत्त नागरिकहरुको मौलिख हक तथा मानव अधिकारको ठाडो उलंघन भएको वताएको छ ।
अध्यक्ष साहलाई पक्राउ गरेर थुनामा राखिएको घटना प्रति होटेल तथा मदिरा ब्यवसायी संघ सिराहले समेत विरोध गरेको छ । संघका महासचिव जागेश्वर पासमानले आईतवार एक विज्ञाप्ती जारि गदै पक्राउको विरोध गदै तत्काल रिहाइको माग समेत गर्नु भएको छ । अध्यक्ष साह उक्त दिन ब्यवसायीक कार्यमा ब्यस्त रहुन भएको र भवनको विषयमा उत्पन्न विवाद पछिको झडपमा कुनै संग्लनता नभएको भन्दै केहि ब्यक्तिहरुको स्वार्थ सिद्ध गर्न गैरकानुनी रुपमा ब्यक्तिलाई थुनामा राखि ब्यवसायीहरुलाई हतोसाहित वनाउनु समग्र ब्यवसायीक क्षेत्रका लागि चिन्ताको विषय भएको मदिरा महासंघले जनाएको छ ।
नेपाल मदिरा ब्यवसायी महासंघले स्वतन्त्रतापूर्वक आफ्नो पेशा ब्यावसाय गर्न पाउने संविधानप्रद्धत मौलिख अधिकारको सुनिश्चित गर्न नेपाल सरकार तथा महातहतका निकायहरुसंग आग्रह गदै ब्यावसायीहरुको हक, हित र अधिकार स्थापित गर्नी महासंघ सदैव तयार भएको जनाएको छ । ब्यवसायीहरुका हक, हित र अधिकार प्रतिकुल हुने कार्य विरुद्ध महासंघले न्यायिक समधान खोज्दै आएको र यस घटनामा पनि कुनै न्यायिक समधानका लागि आवश्यक सम्पूर्ण प्रवन्ध महासंघले गर्ने अध्यक्ष शेर्पाले बताउनु भएको छ । ब्यवसायीक हक, हित र अधिकारका लागि सबै ब्यवसायीहरु एकताबद्ध भएर लाग्न समेत महासंघले सबै ब्यवसायीहरुसंग अपिल गरेको छ । असोज १२ गते दिनभरीको ब्यावसायीक कार्य सकेर आफ्नै निवासमा बसिरहेको साहलाई सामान्य सोधवुझ भन्दै प्रहरीले पक्रेर थुनामा राखेको छ ।

