महासंघका अध्यक्ष शर्पाबाट दिपावलीको अवसरमा शुभकामना ब्यक्त

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले नेपालीहरुको महान चार्ड शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ । वुधवार तिहारका अवसरमा विभिन्न सामाजिक संञ्जालहरु मार्फत अध्यक्ष शेर्पाले स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली दिदि वहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना ब्यक्त गदै दिपावली तथा छठ पर्वले नेपालीहरुमा आपसी माया, प्रेम र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान गदै भन्दै सामाजिक सद्भावका साथ पर्व मनाउन आग्रह गर्नु भएको छ ।

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पा


कोरोना संक्रमनबाट वच्न तोकिएका मापदण्डको पालना गदै ब्यवसायीक कार्य गर्न समेत अध्यक्ष शेर्पाले सामाजिक सञ्जाल मार्फत आग्रह गर्नु भएको छ । चार्डवाडको समयमा हुने भिडभाड र ब्यस्त ब्यवसायीक काम गर्ने क्रममा केहि समस्याहरु आएमा तत्काल महासंघलाई खवर गर्न पनि अध्यक्ष शेर्पाको आग्रह छ ।

Share This On:

Leave a Reply