एक वर्षमा मदिराबाट २४ अर्ब ३२ करोड अन्त:शुल्क संकलन

आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा अन्तःशुल्क राजस्व संकलन ८१ अर्ब ५१ करोड रुपैयाँ भएको छ ।

१८ मंसिर, काठमाडौं । नेपालमा मदिरा र बियरले अन्तःशुल्क राजस्वमा बढी योगदान गर्ने गरेको पाइएको छ ।

आन्तरिक राजस्व विभागको आंकडा अनुसार आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा अन्तःशुल्क राजस्व संकलन ८१ अर्ब ५१ करोड रुपैयाँ भएको छ । यसमा सबैभन्दा ठूलो योगदान मदिरा र बियरको रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

हरेक वर्ष सरकारले मदिरा तथा सुर्तिजन्य वस्तुहरुमा लगाउने करमा वृद्धि गर्दै लगेको छ । पछिल्लो ७ वर्षमा अन्तःशुल्क राजस्व करिब तेब्बरले वृद्धि भएको पाइएको छ । यद्यपि खपतमा भएको वृद्धि र करको दायरा बढ्दै जाँदा अन्तःशुल्क राजस्व समेत बढेको विभागको भनाइ छ ।

विभागको तथ्यांक अनुसार मदिराबाट एक वर्षमा २४ अर्ब ३२ करोड रुपैयाँ अन्तःशुल्क राजस्व उठेको छ । बियरबाट यस्तो राजस्व २१ अर्ब रुपैयाँ संकलन भएको छ ।

सिगरेट/बिँडीजस्ता टोबाको सेवन गर्नेबाट एक वर्षमा २० अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

अन्य औद्योगिक उत्पादनबाट भने एक वर्षमा मात्र १५ अर्ब ८० करोड रुपैयाँ अन्तःशुल्क उठेको छ । यस आधारमा हेर्दा कुल अन्तःशुल्कमा बियर र मदिराबाट मात्र ५५.६ प्रतिशत योगदान भएको देखिएको छ ।

के हो अन्तःशुल्क राजस्व ?

विभागका अनुसार अन्तःशुल्क लाग्ने भनि कानुनले तोकेको वस्तु तथा सेवाको उत्पादन र आयात दुवै अवस्थामा तिर्नुपर्ने कर नै अन्तःशुल्क हो । यो कर उत्पादनकर्ता वा पैठारीकर्ताले ग्राहकबाट उपर गरी सरकारलाई बुझाउँछन् । सोहीकारण यसको अन्तिम भार उपभोक्तामा पर्छ । जति धेरै यस्तो वस्तुको खपत भयो, सरकारले उत्ति धेरै कर प्राप्त गर्छ । यो कर विलासिताका वस्तु, मानव तथा पर्यावरणमा नकारात्मक असर पर्ने सुर्तीजन्य र मदिराजन्य वस्तुमा लगाइन्छ ।

यसको उद्देश्य कर बढाउने नभई यी वस्तुको उत्पादन, पैठारी र खपत कम होस् भन्ने नै रहेको हुन्छ । अन्तःशुल्क लाग्ने वस्तुको सूची हरेक वर्ष आर्थिक ऐनले तोक्ने गर्छ । नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्म कुल १ लाख १० हजार २ सय ६१ करदाता अन्तःशुल्कमा दर्ता भएका छन् । यी सुर्ती तथा सिगरेट उद्योग, मदिरा/बियर उत्पादन तथा आयात र बिक्रीको इजाजत पाएका उद्योग तथा कम्पनीको संख्या हो । चालु आवको पहिलो त्रैमासमा मात्र अन्तःशुल्कमा ७ हजार ६ सय ७१ करदाता थपिएका छन् ।

अन्तःशुल्क ७ वर्षमा करिब तेब्बरले वृद्धि

तथ्यांक अनुसार अन्तःशुल्क राजस्व हरेक वर्ष वृद्धि भइरहेको देखिन्छ । सोही अनुसार ७ वर्षयता तेब्बरले अन्तःशुल्क संकलन बढेको छ ।

आर्थिक वर्ष २०७१/७२ मा अन्तःशुल्क राजस्व ३१ अर्ब ५ करोड थियो । आव २०७७/७८ मा आइपुग्दा यस्तो राजस्व ८१ अर्ब ५१ करोड पुगेको छ । आव २०७१/७२ मा बियरको तुलनामा सिगरेट र बिँडीको योगदान बढी थियो ।

आव २०७६/७७ मा भने बियरको खपत कम भएको र सिगरेटको खपत बढी भएको देखिन्छ । त्यसबाहेकका वर्षहरुमा भने सिगरेट भन्दा बियरको खपतबाट बढी राजस्व संकलन भएको देखिन्छ । तर, राजस्वमा सबैभन्दा योगदान भने हरेक वर्ष मदिराले गरिरहेको छ ।

कुन आवमा कति अन्तःशुल्क (रु. अर्बमा) ?

वस्तु२०७१/७२२०७२/७३२०७३/७४२०७४/७५२०७५/७६२०७६/७७२०७७/७८
सुर्ती/सिगरेटलगायत७.१७८.९५१०.९९१४.०४१५.१२१८.५५२०.३९
मदिरा१२.६८१४.५१८.७२२.९६२५.२२२०.०५२५.३२
बियर६.८६८.२९११.१९१५.६२२०.८९१४.८२२१
अन्य औद्योगिक उत्पादन४.३४४४.४५६.३२७.८४१२.३८११.४२१५.८
कुल३१.०५३६.१९४७.२०६०.४६७३.६१६४.८४८१.५१

स्रोत : आन्तरिक राजस्व विभाग

  • अनलाइन खवर बाट
Share This On:

Leave a Reply