मदिरा ब्यावसायी संघ कैलालि जिल्लाको तेस्रो वार्षिक साधारण सभा पुस २४ गते धनगढिको देव तालिम केन्द्रमा आयोजना हुने भएको छ । मंसिर १० गते बसेको संघको जिल्ला कार्य समितिको बैठकले पुस २४ गते साधारण सभाको आयोजना गरिन लागेको संघका जिल्ला अध्यक्ष पुस्करराज भाटले जानकारी दिनु भयो ।

मदिरा ब्यावसायी संघ कैलालीले वार्षिक साधारण सभाका लागि आवश्यक सबै तयारी पुरा भएको सचिव प्रेम बहादुर धामीले जानकारी दिनु भयो । कार्यक्रमका लागि मदिरा संघमा आवद्ध ब्यवसायीहरु, अतिथि लगायतलाई पत्राचार गरिसकिएको र अरु आन्तरिक कामका लागि विभिन्न उप समितिहरुले काम गरिरहेको सचिव धामीले वताउनु भयो ।
संघको वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रमका लागि प्रमुख अतिथिका रुपमा नेपाल मदिरा ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा आउनु हुने कोषाध्यक्ष प्रमान्नद भट्टले जानकारी दिनु भयो । कार्यक्रममा मदिरा संघ कैलालीमा आबद्ध १५५ जना मदिरा ब्यबसायीहरु र अन्य सरोकारवाला गरि ३०० भन्दा वढिको सहभागि हुने मदिरा संघ कैलालीले जनाएको छ ।

