मदिरा ब्यावसायी संघ ललितपुरको आयोजनामा ब्यबसायीहरु विच मैत्रिपूर्ण बनभोज कार्यक्रमको आयोजना हुने भएको छ । मदिरा संघ ललितपुरको पौष ३ गते बसेको जिल्ला कार्य समितिको बैठको निर्णय अनुसार पुस २४ गते उक्त वनभोज कार्यक्रमको आयोजना गरिने संघका जिल्ला अध्यक्ष उपेन्द्र लाखेले जानकारी दिनु भयो ।

मदिरा ब्यावसायी संघले ब्यवसायीहरु विच मैत्रिपूर्ण सम्वन्ध कायम गर्न विभिन्न कार्यक्रमहरुको आयोजना गरिदै आएकोमा पुस महिनामा बनभोज कार्यक्रमको आयोजना गरिन लागिएको संघका महासचिव हरिप्रसाद अधिकारीले वताउनु भयो । बनभोज कार्यक्रमका लागि लागि आवश्यक सबै तयारी पुरा भएको कोषाध्यक्ष तेजेन्द्र गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा मदिरा संघमा आवद्ध ब्यवसायीहरु, नेपाल मदिरा ब्यबसायी महासंघका पदाधिकारी लगायत विभिन्न क्षेत्रका ब्यबसायीहरु सहभागि हुने कार्यसुची रहेको मदिरा संघ ललितपुरले जनाएको छ । बनभोज कार्यक्रमका लागि आवश्यक तयारीका लागि विभिन्न उप–समितिहरुले काम गरिरहनु भएको अध्यक्ष लाखेले वताउनु भयो ।
उक्त वनभोज कार्यक्रममा मदिरा ब्यवसायीहरु, मदिरा उत्पादक कम्पनीका प्रतिनिधीहरु लगायतका विभिन्न क्षेत्रका ब्यबसायीहरु गरि ३ सय जना भन्दा वढिको सहभागि हुने आयोजकले जनाएको छ ।

