डेढ अर्ब उठाएर मदिरा आयातकर्ता ग्रीनलाईनका संचालक अभिषेक र अमित अग्रवाल भागेको घटना प्रति महासघंको गम्भिर ध्यानाकर्षण

काठमाडौं । मदिरा आयतकर्ता एवं विक्रेता अभिषेक अग्रवाल र अमित अग्रवाल बैंक तथा वित्तीय संस्था एबं विभिन्न व्यक्तिहरुसँग ठूलो रकम ऋण लिएर भागेको घटना प्रति नेपाल मदिरा ब्यबसायी महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपालमा ३ दशकभन्दा बढी समयदेखि विदेशी मदिरा आयात तथा विक्री गर्दै आएको अभिअमि, भिन्याट, ग्रीनलाईन सेन्टर प्रा.लि. लगायतका संचालक अग्रवालद्वयले नेपाली बैंक तथा वित्तीय संस्थासँग ठूलो मात्रामा कर्जा लिएर भागेका खवर सार्वजनिक भएसंगै महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल मदिरा ब्यबसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले मदिरा लगायतका क्षेत्रमा लगानी गरि ब्यवसाय संचालन गरीरहेका ब्यसायीहरुका लागि यस्तो घटना दुखदायी भएको वताउदै यस्ता गलत प्रबृतिले ब्यबसायीक क्षेत्रमा थप चुनौति थपिएको वताउनु भएको छ । ब्यवसायीक हिसावकिताव नगरि भागेको गैरकानुनी कार्य प्रति महासंघ स्तब्ध भएको बताउनु भयो । मदिरा ब्यवसायी, बैकं तथा बित्तृय क्षेत्रको हिसाव नगरि बेपत्ता हुनुले ब्यबसायीक क्षेत्रमा थप आंसका जन्मीएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष सोनाम शेर्पाले यस्ता गलत कार्य प्रति सचेत भएर कारोवार गर्न आम मदिरा ब्यबसायीहरुसंग आग्रह गर्नु भएको छ । मंगलवार एक सार्वजनिक अपिल जारि गदै अध्यक्ष शेर्पाले विश्वासिलो र भरपर्दो प्रमाण विना कारोवार गर्दा ब्यबसायीक क्षेत्रमा चुनौति हुने भएकाले सचेत रहन समेत आग्रह गर्नु भएको छ । उहाँले कानुन बमोजिम आर्थिक कारोवारका लागि विश्वासिलो माध्यम अपनाउन समेत आग्रह गर्नु भएको छ ।

ब्यबसायी अभिषेक अग्रवाल र अमित अग्रवालले बैंक तथा वित्तीय संस्था, सहकारी र व्यक्तिसँग गरी डेढ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएर भागेका खवर मंगलबार सार्वजनीक भएसंगै इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले उनीहरुको सम्पत्तिमा सूचना टाँस गरिसकेका छन् भने उनीहरुलाई ऋण दिएका अन्य बैंकहरुले पनि सूचना टाँस्ने प्रक्रिया अघि बढाएका छन् ।

विभिन्न ठाउँमा जग्गा तथा अपार्टमेन्टमा फ्ल्याट खरिद गरेका अग्रवाल दाजु भाई हुन । जनकपुर निवासी उनीहरुको परिवार लगायत अन्य आफन्तहरु भारतमा बसोबास गर्दै आएको समेत बताइएको छ । उनीहरुको मुख्य व्यवसाय भनेको मदिरा आयात तथा विदेशी मदिराहरु बिक्री नै थियो । उनीहरुले अभिअमि, ग्रीनलाईनलगात मदिरा स्टोर्स मार्फत नै आफ्नो ठूलो व्यवसाय संचालन गर्दै आएका थिए । समाचार स्रोतका अनुसार उनीहरुलाई एभरेष्ट बैंकले २२ करोड रुपैयाँ कर्जा दिएको छ भने इन्भेष्टमेन्ट बैंकले २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसैगरी मेगा बैंकले पनि ठूलो मात्रामा कर्जा लगानी गरेको बुझिएको छ ।

अग्रवालले आफुहरुबाट कर्जा लिएको र हाल अग्रवालको नाममा रहेको सम्पत्ति आफ्नो हक रहेको भन्दै सूचना टाँस गरेका एभरेष्ट र इन्भेष्टमेन्ट बैंकले ग्रीनलाईन सेन्टरलगातय मदिरा आउटलेटमा चाबी लगाएर सेक्युरिटी गार्डसमेत राखेका छन् । उनीहरुले गत बुधबारदेखि चाबी लगाएर सूचना टाँस गर्दै उक्त स्टोर सुरक्षाका लागि सेक्युरिटी गार्ड समेत राखेका छन ।

अग्रवालको सागर डिस्ट्रीलरीसमेत बिक्री
बैंक तथा वित्तीय संस्था र व्यक्तिको ठूलो मात्रामा कर्जा लिएर भागेका अग्रवालद्वयले आफ्नो डिस्ट्रीलरीसमेत बिक्री गरेका छन् । उनीहरुले केही समयअघि मात्रै सागर डिष्ट्रीलरी ब्रोकर नम्बर ५८ का संचालकलाई बिक्री गरेका थिए । उनीहरु कतिपय आफ्नो सम्पती समेत बिक्री गरेर भागेको समेत समाचार स्रोतले जानकारी दिएको छ ।

Share This On:

Leave a Reply