मदिराको गैरकानुनी कारोबार प्रति महासंघको गम्भिर ध्यानाकर्षण

नेपाल मदिरा ब्यवसायीक महासंघले गैरकानुनी रुपमा हुने मदिराको कारोबार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले राज्यद्धरा तोकिएको सबै कानुनी प्रकृया पुरा गरेर मात्र मदिरा तथा मदिराजन्यबस्तुहरुको कारोबार गर्नु पर्ने महासघका अध्यक्ष सोनाम शेर्पाले बताउनु भएको छ । शनिवार काठमान्डौमा स्टिकर नभएको २ सय ९० कार्टुन रेड लेबल पनि बरामद गरिएको घटना प्रति महासंघका अध्यक्ष शेर्पाले महासंघको ध्यानाकर्षण भएको बताउनु भयो ।

सांकेतिक मदिराजन्य बस्तुको फोटो

सबै ब्यबसाय संचालनका लागि राज्य तोकेको सबै मापदण्ड पुरा गर्नु हरेक ब्यबसायको दायित्व भएको बताउदै यस्ता गैरकानुनी कारोबारले ब्यबसायीक क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले नियमन निकायले कडाइका साथ अनुसन्धान गरि कडा कारबाहि गर्नुपर्ने मदिरा ब्यवसायी महासघ बागमति प्रदेशका अध्यक्ष मदन गौतमकाे भनाइ छ । गैरकानुनी कारोबार प्रति सचेत रहन पनि अध्यक्ष गौतमकाे आग्रह छ ।

गैरकानुनी रुपमा कारोबार गरिएको मदिरा तथा मदिराजन्य बस्तु बजारभाउ भन्दा सस्तो मुल्यमा कारोबार गरिएकाले उक्त मदिराजन्यबस्तु कम गुनस्तरीय तथा नक्कली भएको हुनसक्ने मदिरा ब्यबसायीहरुले बताएका छन । गैरकाुनीरुपमा धैरै परिमानमा भारबाट आयत गर्न कठिन हुने भएकाले नेपालमै नक्कली उत्पादन गरिएको हुन सक्ने ब्यबसायीहरुको आशंका छ । उक्त मदिराजन्य बस्तुले मानव स्वास्थ्यमा समेत असर गर्न सक्ने बताइएको छ ।

भन्सार छली गरेर कम गुनस्तका नक्कनी मदिराजन्य बस्तुको कारोबारले मदिरा ब्यबसायमा समेत नकारात्मक असर पर्ने भएकाले यस तर्फ सचेत हुन समेत मदिरा महासंघले आग्रह गरेको छ ।

सस्तो मुल्यमा पाईयो भनेर कानुनी प्रकृया पुरा नगरेका कुनै पनी मदिरा तथा मदिराजन्य वस्तुहरुको कारोबार नगर्न मदिरा संघ काठमान्डौका अध्यक्ष गोविन्द बरालले ब्यवसायी र आम उपभोक्ताहरुमा आग्रह गर्नु भएको छ । संघका अध्यक्ष बरालले गैरकानुनी रुपमा भैरहेको मदिराजन्य बस्तुको कारोबार रोक्न सबैले सहयोग गर्नुपर्ने बताउनु भएको छ ।

शनिवार महानगरीय अपराध महाशाखाले भन्सार छलीको मदिरा सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र पोखरेल, ३० वर्षीय शैलेश पन्त, २८ वर्षीय रविन पाख्रिन र ४० वर्षीय नारायणप्रसाद घिमिरे छन् ।
काठमाडौंको सीतापाइला र चाबहिलबाट उनीहरुलाई पक्राउ गरिएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिनु भयो । उहाँका अनुसार ती स्थानबाट २ सय ९० कार्टुन रेड लेबल पनि बरामद गरिएको छ ।

स्टिकर नभएकाले राजस्व छली भएको आशंका गरिएको हो, एसपी पंगेनीले भन्नु भयो मदिरा सक्कली हो की नक्कली हो भन्ने परीक्षण हुन नै बाँकी छ । उहाँका अनुसार पक्राउ परेकाहरु सबै सप्लायर्स हुन् । उनीहरुले भारतबाट उक्त मदिरा आयात गरेको प्रहरीलाई बताएका छन् ।

Share This On:

Leave a Reply