मदिराको गैरकानुनी कारोबार रोक्न मदिरा संघ काठमान्डौले सरोकारवालासंग अनुरोध गरेको छ । संघले गैरकानुनी मदिराको कारोबार रोक्न र ब्यबसायीक सुद्धिकरण लागि पहल थाल्ने भएको छ । दिगो ब्यबसायीक विकासका लागि सुद्धिकरण आबश्यक भएको भन्दै सबै मदिरा ब्यबसायीलाई कानुनको दायरामा रहेर मात्र ब्यवसाय संचालन गर्न समेत आग्रह गरिएको छ । संघको बैठकले ब्यबसायीक सुद्धिकरणका लागि संघमा आवद्ध ब्यबसायीहरुलाई निर्देशन समेत जारि गरेको छ ।

संघका अध्यक्ष गोविन्द बरालको अध्यक्षतामा बसेको बैठकले मदिरा तथा मदिराजन्य बस्तुहरुको खरिद विक्रि गर्दा सम्वन्धीत क्षेत्रका वितरकहरुसंग समन्वय गरेर मात्र खरिद गर्न र गैरकानुनी रुपमा हुने मदिरा खरिद विक्रि कार्यमा संलग्न नहुन र कहि कतै यस्ता गैरकानुनी रुपमा मदिराको कारोवार भएको जानकारी प्राप्त भएमा तत्काल मदिरा ब्यबसायी महासंघ र मदिरा ब्यबसायी संघ काठमान्डौ लाई खबर गर्न सबै ब्यबसायीहरुलाई आग्रह गरिएको छ । यसै गरि संघको बैठकले तोकिएको मुल्यमा मदिरा तथा मदिराजन्य बस्तुको कारोबार गर्न पनि आम ब्यबसायीहरुसंग अनुरोध गरेको छ ।
मदिरा ब्यबसायी संघ काठमान्डौले मदिरा ब्यबसाय धरासयी हुने गरि भैरहेका गैरकानुनी कारोबार नियन्त्रण गर्न सबै सरोकारवाला निकायहरुसंग छलफल समेत गर्ने निर्णय भएको संघका अध्यक्ष गोविन्द बरालले जानकारी दिनु भएको छ ।

