मदिरा सघं काठमान्डौको आयोजनामा वृहत व्यावसायीक भेला सम्पन्न

मदिरा ब्यबसायी संघ काठमान्डौको आयोजनामा दिगो ब्यबसायीक विकासका लागि वृहत भेला काठमान्डौमा सम्पन्न भएको छ । नेपाल मदिरा ब्यबसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मदिरा बजारमा देखिएका चुनौति र मदिराको गैरकानुनी कारोबारले वजारमा परेको नकारात्मक प्रभावको समिक्षा गरिएको छ । पछिल्ला केहि समय मदिरा ब्यवसायमा गैरकानुनी कारोबार गरि मदिरा ब्यवसाय धरासयी बनाएर पलायन हुने प्रबृत्ती बढेको भन्दै यसको रोगथाम गर्न र मदिरा बजारमा देखिएका चुनौतिहरुको दिगो समधानका लागि पहल गर्न मदिरा ब्यबसायी संघ काठमान्डौले वृहत भेलाको आयोजना गरेको हो ।

मदिरा ब्यवसायीहरु, मदिरा उत्पादक तथा मदिरा वितरक संघका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको भेलाले नेपाल मदिरा ब्यबसायी महासंघको नेतृत्वमा ७ दिन भित्र मदिरा ब्यबसायीहरुका लागि व्यवसायीक कार्यसंचालन निर्देशिका निर्माण गरि कार्यन्वयन गर्न ठोस कार्य योजना तर्जुमा गर्ने, मुल्यमा एकरुपता कायम गर्ने र ब्यवसायीहरुका समस्याहरुको दिगो समधानका लागि विभिन्न संयन्त्र निर्माण गर्ने निर्णय सहित सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष शोनाम शेर्पाले मदिरा बजारमा देखिएका चुनौतिहरुको दिगो समधान गर्न आयोजित भेलाले ब्यबसायीक सुधारको अभियान सुरु भएको बताउदै चाडै महासंघले दिगो ब्यबसायीक विकासका लागि विषेश कार्य योजना लागु गर्ने बताउनु भयो । कार्यक्रममा सहभागि सबै सरोकारवालाहरुको भावनाका आधारमा महासंघले आगामी कार्य योजना तर्जुमा गर्नेे अध्यक्ष शेर्पाको भनाई छ ।

कार्यक्रममा महासंघ उपाध्यक्ष विष्णु कुमार श्रेष्ठले भेलाले ब्यवसायीहरुका बर्तमान सवालहरुका विषयमा छलफल भएको भन्दै चाडै महासंघको पहलमा दिगो ब्यावसायीक विकासका लागि ठोस योजना आउने बताउनु भयो । उहाँले महासंघ सधै ब्यावसायी हरुको हक, हित र अधिकारका लागि लागि परेको बताउदै सबैको सल्लाहमा आगामी दिनमा थप कार्ययोजना आउने बताउनु भयो ।

मुख्य शहर काठमान्डौ र देशका विभिन्न क्षेत्रमा मदिराको गैरकानुनी कारोवार मौलाएका कारण कानुन बमोजिम संचालन गरिरहेका मदिरा ब्यबसायीहरु मर्कामा परेको भन्दै चाडै यसको दिगो समधान नखोजिए मदिरा ब्यबसायीहरु पलायन हुन सक्ने भएकाले यस तर्फ सचेत भएर बृहत भेलाको आयोजना गरिएको मदिरा ब्यबसायी संघ काठमान्डौका अध्यक्ष गोविन्द बरालले बताउनु भयो । उहाँले महासंघको नेतृत्वमा चाडै ठोस कार्य योजना कार्यन्वयन हुने बताउदै भेलाले ब्यबसायी विकासमा थप योगदान भएको बताउनु भयो ।

Share This On:

Leave a Reply