मदिरा व्यवसायी संघ कास्कीले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन भएको मदिरा ब्यबसायी संघ कास्कीले जनाएको छ ।
संघका पदाधिकारी तथा कर्मचारीहरु सहित विभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सुभारम्भ रक्तदान समाजका अध्यक्ष जीतेन्द्रमान शाक्यले गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई ब्लड ब्याग हस्तान्तरण गदै अध्यक्ष शाक्यले रक्तदान जीवनदान भएको भन्दै मानवीय सेवामा रक्तदान निकै महत्वपूर्ण भएको बताउनु भयो ।

कार्यक्रमको सुभारम्भ गदै नेपाल मदिरा व्यवसायी महासंघका महासंघका महासचिव तारानाथ ढुंगानाले मदिरा व्यवसायीहरुले आम नागरिकहरुको दुःख र सुखमा साथ दिंदै आएको र आगामी दिनमा पनि नागरिक सेवाका लागि साथ दिने बताउनु भयो ।
कार्यक्रममा महासचिव ढुंगानाले रक्तदान कार्यक्रम संघको एउटा महत्वपूर्ण कार्यक्रम भएको भन्दै सामाजिक उत्तरदायित्वबाट कोही पनि पन्छिन नहुने समेत बताउनु भयो ।

संघका अध्यक्ष डिल्लीराम पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष डाशीराम सापकोटा, रक्तादाता समाज कास्कीका उपाध्यक्ष वीरेन्द्र पराजुली, संस्थाका वरिष्ट उपाध्यक्ष सुरेश घिमिरे, महासचिव कृष्ण बहादुर रानाभाट लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा जितेन्द्रमान शाक्यले ७६ औं पटक र रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्ण थापाले ७० औं पटक रक्तदान गर्नु भएको थियो ।

