मदिरा ब्यावसायी महासंघको साधारण सभा विराटनगरमा हुने ।

नेपाल मदिरा ब्यावसायी महासंघको साधारण सभा विराटनगरमा हुने भएको छ । कार्यसमिति बैठकले आगामी बैशाख २ र ३ गते विराटनगरमा गर्ने निर्णय गरेको महासंघका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनु भयो ।

कोरोना महामारीका कारण हुन नसकेको साधारण सभामा संस्थाको विधान, नयाँ संस्थागत संरचनाको कार्यन्वयन, मदिरा व्यवसायमा देखिएका चुनौतिहरु र जिल्लाका सवालहरुका विषयमा बृहत छलफल गरिने महासंघले जनाएको छ ।

महासंघको साधारण सभामा सातै प्रदेश र ७७ वटै जिल्लाबाट १५ सय जना भन्दा बढीको सहभागिता हुने महासंघले जनाएको छ । साधारण सभाको लागि आवश्यक तयारी सुरु गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनु भयो ।

महासंघको प्रदेश नं १ को प्रदेश परिषद् पनि विराटनगरमै हुने ।

नेपाल मदिरा ब्यावसायी महासंघ प्रदेश नं. १ को प्रदेश परिषद पनि विराटनगरमा हुने भएको छ । कोरोना महामारीको संक्रमन बढेपछि गत वर्ष स्थगित भएको प्रदेश परिषद् महासंघको साधारणसभाको कार्यक्रमसंगै बैशाख २ र ३ गते विराटनगरमा हुने नेपाल मदिरा ब्यबसायी महासंघ प्रदेश नं.१ का अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले वताउनु भयो ।

महासंघको साधारण सभा र प्रदेश परिषद् एकै पटक गर्दा आवश्यक ब्यबस्थापन गर्न सजिलो हुने र कम खर्च हुने भएकोले सयुक्त आयोजना गरिएको अध्यक्ष श्रेष्ठले वताउनु भयो ।

प्रदेश परिषद्मा प्रदेश नंं १मा मदिरा ब्यबसायको अवस्था, अवसर तथा चुनौतिहरुका विषयमा छलफल गरिने मदिरा ब्यबसायी महासंघ प्रदेश नं.१ ले जनाएको छ । सयुक्त कार्यक्रमका लागि आवश्यक तयारी सुरु गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

Share This On:

Leave a Reply