नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ । विहिबार नयाँ वर्षका अवसरमा अध्यक्ष शेर्पाले स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली दिदि बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, प्रगति, उन्नती, सु स्वास्थ्य एबं दिर्घायुको कामना गदै यस नयाँ वर्षले समस्त नेपालीहरुमा आपसी माया, प्रेम र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान गदै भन्दै सामाजिक सद्भावका साथ नयां बर्षको पर्व मनाउन आग्रह गर्नु भएको छ ।

अध्यक्ष शेर्पाले नयाँ वर्षको अवसरमा दिगो ब्यवसायीक विकासका लागि सबै मदिरा ब्यबसायी एकताबद्ध भएर लाग्नु पर्ने समेत बताउनु भएको छ ।
नेपाल मदिरा ब्यबसायी महासंघको बैशाख २ र ३ गते विराटनगरमा हुने साधारण सभामा सहभागि हुन महासंघका सबै जिल्ला तथा प्रदेश पदाधिकारी एबं मदिरा ब्यबसायीहरुलाई अनुरोध समेत गर्नु भएको छ । कोरोना माहामारीका कारण लामो समय पछि आयोजना हुन लागेको यस साधारण सभाले ब्यबसायीक विकासमा थप योगदान हुने अध्यक्ष शेर्पाको विश्वास छ ।

