मदिरा ब्यवसायी महासंघको प्रादेशिक परिषद् विराटनगर सम्पन्न

नेपाल मदिरा ब्यवसायी महासंघको प्रादेशिक परिषद् शुक्रबार विराटनगरमा सम्पन्न भएको छ । नेपाल मदिरा ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सबै प्रदेशका प्रदेश अध्यक्षहरुले प्रदेशमा भएका गतिविधीहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रदेशिक परिषद्को उद्घाटन गर्नु हुदै महासंघका अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि सोनाम शेर्पा

महासंघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सोनाम शेर्पाले नेपाल मदिरा ब्यबसायी महासंघ सबै ब्यवसायीहरुको साझा संस्था भएकोले आगामी दिनमा महासंघले ब्यवसायीहरुका लागि अभिभावकीय जिम्मेवारी निवार्ह गर्ने बताउनु हुदै महासंघले दिगो संस्थागत विकासका लागि उल्लेख्य कामहरु गरेको जानकारी दिनु भयो । अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा महासंघको उचाई अग्रस्थानमा रहेको र आगामी दिनमा ब्यवसायीहरुका साझा सवालहरुमा सधै तत्पता साथ समाधान गर्न नयाँ संरचना निर्माण गरिने बताउनु भयो । भोली हुने महासंघको साधारण सभामा यस विषयमा विस्तृत छलफल गरिने जानकारी दिनु भयो ।

मदिरा ब्यवसायीहरुको हक, हित र अधिकारका क्षेत्रमा भएका कामहरु, मदिरा ब्यवसायीले भोग्नु परेका चुनौतिहरु र आगामी दिनहरु ब्यवसायीक क्षेत्रमा गर्नु पर्ने कामहरुको समिक्षा भएको प्रादेशिक परिषद्मा प्रदेश नं. १ का अध्यक्ष सुरेशमान श्रेष्ठ, मधेश प्रदेशका अध्यक्ष सुनिल चौधरी, गण्डकी प्रदेशका अध्यक्ष डासिराम सापकोटा, लुम्विनी प्रदेश अध्यक्ष गिरीराज पौड्ल, केन्द्रिय सदस्य सिता भट्राई लगायतले मदिरा क्षेत्रको विकासका लागि गर्नुपर्ने विषयमा धारणा राख्नु भएको थियो । यस्तै मोरङ जिल्ला अध्यक्ष विनोद के.सी., काठमान्डौ जिल्ला अध्यक्ष गोविन्द बराल, स्याङ्गजा जिल्ला अध्यक्ष खिमान्द पराजुली, बाके जिल्ला अध्यक्ष मिम बहादुर सिंह ठकुरी, रुपन्देहि जिल्लाका महासचिव किशोर पन्थीले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा सल्लाहकार तथा पूर्व अध्यक्ष राम श्रेष्ठ, सल्लाहकार दिनेश सिटौला, कानुनी सल्लाहकार अधिवक्ता सुदिप नेपाल, प्रेस सल्लाहकार अधिवक्ता दिनेश खड्का, प्रेस सल्लाहकार सरद सुवेदि निवर्तमान अध्यक्ष कृष्ण प्रसाद नेपाल, महासंघका उपाध्यक्षहरु विष्णु कुमार श्रेष्ठ, मृगेन्द्र गोपाल श्रेष्ठ, पूर्व उपाध्यक्ष खिमबहादुर के.सी., सचिव रमेश आचार्य, बागमति प्रदेश अध्यक्ष मदन गौतम लगायतका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । प्रदेश नं.१ का प्रदेश अध्यक्ष सुरेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासंघका महासचिव तारानाथ ढुगांनाले गर्नु भएको थियो ।

यसै गरि नेपाल मदिरा ब्यवसायी महासंघको १६ औ साधारण सभा भोली विराटनगरमा सम्पन्न हुने भएको छ । कोरोना महामारीका कारण हुन नसकेको साधारण सभामा संस्थाको विधान, नयाँ संस्थागत संरचनाको कार्यन्वयन, मदिरा व्यवसायमा देखिएका चुनौतिहरु र जिल्लाका सवालहरुका विषयमा छलफल गरिने महासंघले जनाएको छ ।

Share This On:

Leave a Reply