मदिरा व्यवसायी महासंघको १६ औ साधारणसभा सम्पन्न । दिगो ब्यवसायीक विकासमा जोड

नेपाल मदिरा व्यवसायी महासंघको १६ औ साधारण सभा शनिबार विराटनगरमा भव्यताका साथ सम्पन्न भएको छ । देशभरका मदिरा व्यवसायीहरुको सहभागीतामा सम्पन्न भएको कार्यक्रममा मदिरा ब्यवसायीहरुमा देखिएका समस्या एबं चुनौति र महासंघले आगामी दिनमा गर्नुपर्ने कार्ययोजनामा बृहत छलफल गदै साधारणसभा सम्पन्न भएको हो ।

महास‌घंको बार्षिक साधारणको उद्घाटन समारोह

साधारण सभामा महासंघका अध्यक्ष सोनाम शेर्पाले आफ्नो कार्यकालमा महासंघको संस्थागत विकासमा ब्यापक सुधार भएको बताउनुहुदै महासंघले आफ्नो कार्यकालमा संस्थाको आफ्नै भवन निर्माण गरिएको, ब्यवसायीक हक, हित र अधिकारका लागि २ जना अधिवक्ताहरु मार्फत कानुनी सहायता सुरु गरिएको र मिडिया पैरवीका लागि महासंघले आफ्नै अनलाईन मिडिया संचालनमा ल्याएको जानकारी दिनु भयो ।

प्रमुख अतिथिबाट साधारणसभाको उद्घाटन गरिदै

अध्यक्ष शेर्पाले विभिन्न निकायहरुको सहयोगमा विगतमा धेरै कामहरु सम्पन्न भएको र आगामी दिनमा संस्थागत नेतृत्व विकास र ब्यवसायीक हितका लागि थप कामहरु सुरु गर्ने बताउनु भयो । उहाँले ब्यवसायीहरुका समस्याहरुका बारेमा विभिन्न निकायहरु संग समन्वय र सहकार्य गरेर समधान खोजिने पनि बताउनु भयो । बजारमा देखिएको मदिरा विक्रि वितरणमा दरदेटको फरक लगायतका समस्याको लागि चाडै नै पहल गर्ने समेत उहाँको भनाई थियो ।

पूर्व अध्यक्ष एबं महासंघका सल्लाहकार राम श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा सहभागिहरुले महासंघले गरेको काम प्रति उच्च प्रसंसा गदै महासंघ मदिरा ब्यवसायीहरुको दिगो विकासमा केन्द्रित हुनुपर्ने समेत बताएका छन ।
कार्यक्रममा प्रमुख अतिथि राम श्रेष्ठले महासंघले कोविट महामारीको समयमा समेत ब्यवसायीहरुका लागि अभिभावकको भुमिका निर्वाह गरेको बताउनु हुदै बर्तमान अध्यक्ष सोनाम शेर्पाको कार्यकालमा नेपाल मदिरा ब्यवसायी महासंघले विभिन्न ऐतिहासिक कार्य गरेको बताउदै आगामी दिनमा समेत रचनात्मक कामहरु हुने विश्वास ब्यक्त गर्नु भयो ।

कोरोना महामारीका कारण हुन नसकेको यस साधारण सभा सम्पन्न भएसंगै मदिरा ब्यवसायीहरुमा थप उर्जा पैदा भएको महासंघका उपाध्यक्ष विष्णु कुमार श्रेष्ठले बताउनु भयो । कार्यक्रममा अर्का उपाध्यक्ष मृग्रेन्द्र गोविन्द श्रेष्ठले महासंघले सबै ब्यवसायीहरुको दिगो विकासका लागि बर्तमान कार्य समितिले निरन्तर काम गरिरहेको र आगामी दिनमा पनि ब्यवसायीहरुको समस्या समधान गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्नु हुदै महासंघका अध्यक्ष सोनाम शेर्पा

कार्यक्रममा मदिरा ब्यवसायीहरुको हक, हित र अधिकारका क्षेत्रमा भएका कामहरु, मदिरा ब्यवसायीले भोग्नु परेका चुनौतिहरु र आगामी दिनहरु ब्यवसायीक क्षेत्रमा गर्नु पर्ने कामहरुको समिक्षा गदै महासचिव तारानाथ ढुगांनाले पेश गर्नु भएको महास‌घको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रुपक अर्यालले पेश गर्नु भएको आर्थिक प्रतिवेद माथी छलफल गरि सर्बसहमतिमा उक्त प्रतिवेदनहरु पारित समेत गरिएको छ ।

सम्मानपत्र वितरण गरिदै

साधारण सभामा उत्कृष्ट काम गर्ने विभिन्न ब्यक्त तथा संस्थाहरु लाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद नेपाल, महासंघका सल्लाहकारहरु, पूर्व पदाधिकारीहरु लगायतको आतिथ्यता रहेको थियो ।

Share This On:

Leave a Reply