सफल ब्यवसायी एबं मदिरा व्यवसायी संघ काठमान्डौ जिल्ला सचिव सुदन थापालाई पितृ शोक परेको छ । व्यवसायी थापाका पिता चित्र बहादुर थापाको ९६ बर्षको उमेरमा काठमान्डौमा निधन भएको हो । सैनिक सेवाबाट निबृत्त भएपछि समाज सेवामा सक्रिय थापालाई स्वास्थ्यमा समस्या आएपछि काठमान्डौको चाहविल स्थित दिर्घायु अस्पतालमा भर्ना गरिएको थियो ।
लामो समय देखि उच्च रक्तचापबाट पिडित उहाँको उपचारका क्रममा बुधवार दिउँसो निधन भएको हो । दोलाखामा स्थायी घर भई काठमान्डौमा बस्दै आउनु भएका स्व. थापाका १ श्रीमति, २ छोरा र ३ छोरीहरु हुनुहुन्छ ।

थापाको दु:खद निधन प्रति नेपाल मदिरा ब्यवसायी महासंघले दु:ख ब्यक्त
यसैगरि व्यवसायी सुदन थापाका पिता चित्र बहादुर थापाको दु:खद निधन प्रति नेपाल मदिरा ब्यवसायी महासंघ र मदिरा व्यवसायी संघ काठमान्डौले पनि दु:ख ब्यक्त गरेको छ ।
महासंघका अध्यक्ष शोनाम सेर्पाले सामाजिक सञ्जाल मार्फत स्व. थापाको दु:खद निधनले महासंघ र आफुलाई स्तब्ध बनाएको जनाउदै मृतक थापा प्रति चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो दुख ब्यक्त गर्नु भएको छ ।
यस्तै मदिरा ब्यवसायी संघ काठमान्डौ जिल्ला अध्यक्ष राजन के.सी. र काठमान्डौ जिल्ला संघका निवर्तमान अध्यक्ष गोविन्द बरालले पनि व्यवसायी सुदन थापाका पिता स्व. चित्र बहादुर थापाको निधन प्रति गहिरो दुःख ब्यक्त गर्दै शोकाकुल परिवारजन प्रति समवेदना ब्यक्त गर्नु भएको छ ।

