नेपाल मदिरा पैठारीकर्ता संघले सरकारले मदिरा आयातमा प्रतिबन्ध गर्दा नेपालमा तस्करी बढेको बताएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारको प्रतिबन्धले भारतको उत्तरप्रदेश र पश्चिम बंगाल हुँदै सीमापारीबाट लोकप्रिय ब्रान्डहरूको ठूलो परीणाममा तस्करी हुन थालेको र यसले सरकारलाई राजस्व संकलनमा समेत क्षति पुगेको जनाएको छ ।
नेपाल सरकारले कार, मदिरा, सुर्तिजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध साउन १ गतेबाट ४५ दिनका लागि थप गरेको छ । आयातित मदिराजन्य पदार्थहरुमा यो निर्णय तत्काल फिर्ता नगरिए यसले प्रतिकुल प्रभाव पार्ने संघका अध्यक्ष अनिल अग्रवालले बताउनु भयो ।बोतलबंद आयातित मदिराजन्य पदार्थहरुमा वार्षिक लगभग १ करोड २० लाख अमेरीकी डलर (१५० करोड रुपैयाँ) मात्र खपत हुँदै आएको छ ।

सरकारले बातलबद आयातित मदिराजन्य पदार्थहरुबाट वार्षिक लगभग ३३० करोड राजश्व प्राप्त गर्छ जुनकी वार्षिक बाहिरिने विदेशी मुद्राको दुई गुनाभन्दा बढी हुन्छ ।
‘हाल बजारमा ति मदिरा उपलब्धताको कमीले केही अन्तराष्ट्रिय ब्राण्डहरुको नक्कली र डुप्लिकेट सामानको उपलब्धता देखिन थालेको छ जसले अब नेपाली समाजमा व्यापक रुपमा जनस्वास्थ्य प्रतिकल असर पार्न थालेको छ,’ उहाँले भन्नु भयो, ‘नेपालमा उच्च भन्सार शुल्क र अन्त: शुल्कका कारण नेपाल र भारतीयको मूल्यमा ठूलो अन्तर भएकोले भारतका उत्तरप्रदेश र पश्चिम बंगाल हुदै सीमापारीबाट लोकप्रिय ब्राण्डहरुको ठूलो परिमाणमा तस्करी हुन थालेकोछ ।’
होटेल, रेस्टुरेन्ट र बारहरुले ठूलो आय आर्जनको क्षमता गुमाउदै गएको उल्लेख गर्दै पर्यटकिय क्षेत्रमा समेत प्रतिकुल असर पर्ने संघले जनाएको छ । साथै, बढ्दो लागतको दबावले होटलहरूले कर्मचारीहरुलाई हटाउन बाध्य हुने र यसले व्यापकरुपमा बेरोजगारी निम्त्याउने समेत संघको दावी छ ।
नेपालमा औसतमा लगभग लिटरमा १५ डलर मुद्रा विदेशी मुद्रा बाहिरिन्छ तर जब यो होटल, रेस्टुरेन्ट र बारहरुल च्यानलमा च्यान्लमा बेचिन्छ तब लिटरमा १२० अमेरिकी डलर राजश्व आर्जन हुन्छ जुन विदेशी मुद्राको ८ गुणा हो । यो सम्पूर्ण मूल्यमा नेपाल भित्रै लिटरमा १०५ अमेरिकी डलर आर्जन हुन्छ ।
प्रतिबन्धको निर्णयले पर्यटनमा नकारात्मक असर पारेको संघले जनाएको छ । ठूलो संख्यामा नेपाल आउने भारतीय पर्यटकहरुले यी अन्तराष्ट्रिय ब्राण्डहरु उपभोग गरिरहेका छन् । जसले विदेशी मुद्रा आर्जन गर्न योगदान गरिरहेको संघको दावी छ । अध्यक्ष अग्रवालले सरकारले उक्त प्रतिबन्ध लगाएको मदिरा आयात खुल्नु पर्ने उहाँको माग थियो ।
नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनम शेर्पाले मदिरा बन्द गर्नुको साट्टो खोल्नु पर्ने बताउनु भयो । उहाँले मदिरा प्रतिबन्धले बजारमा तस्करी बढेसँगै सरकारले राजस्वसमेत गुमाइरहेको बताउदै राज्यले समग्र क्षेत्रको अध्ययन गरेर मात्र निर्णय गर्नुपर्ने बताउनु भयो । उहाँले पर्यटकीय क्षेत्रमा मदिराको ठूलो योगदान रहेकाले तत्काल खुलाउनुपर्नेमा जोड दिनु भयो।

