मदिरा ब्यावसायी महासंघको बैठक सम्पन्न

काठमान्डौ, साउन १९
नेपाल मदिरा ब्यावसायी महासंघ केन्द्रिय कार्य समितिको बैठक विहिवार केन्द्रिय कार्यालय काठमान्डौमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष शोनाम शेर्पाको अध्यक्षता र केन्द्रिय सल्लाहकारहरु विषेश उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

बैठकले महासंघको विधान संशोधनका लागि केन्द्रिय सल्लाहकार राम श्रेष्ठ संयोजक भएको विधान संशोधन मस्यौदा समितिले पेश गरकोे विधान संशोधन प्रतिवेदन माथी छलफल गरेको छ ।

नेपाल मदिरा व्यावसायी महासंघको विधान समय सापेक्ष संशोधन गरि ब्यवसायी मैत्री र गतिशिल बनाउनु पर्ने भन्दै बैठकमा व्यापक छलफल भएको हो । समितिले पेश गरेको मस्यौदामा विधान संशोधन प्रतिबेदन विस्तृत रुपमा आएकोले यसको छलफल पनि व्यापक रुपमा गरिनुपर्ने भएकाले आगामी बैठकमा थप छलफल गरि पारित गरिने महासंघले जनाएको छ ।

विधान समितिमा रहेर महासंघको विधान संशोधनमा महत्वपूर्ण कार्य गरेको भन्दै समितिका संयोजक राम श्रेष्ठ, समितिका सदस्यहरु केन्द्रिय सल्लाहकार खड्क बुढाथोकी, बागमति प्रदेश अध्यक्ष मदन गौतम, कानुनी सल्लाहकार अधिवक्ता सुदिप नेपाल र अधिवक्ता दिनेश खड्का लाई बैठकले धन्यवाद ज्ञापन समेत गरेको छ। महासंघको विधान संशोधका विषयमा महासंघले विस्तृत अध्ययन गरि आगामी बैठकबाट पारित गर्ने अध्यक्ष शोनाम शेर्पाले जानकारी दिनु भयो ।

Share This On:

Leave a Reply