राप्ती अंचल लिकर्ष एसोसियसनको १५ औ साधारण सभा शनीवार दाङ जिल्लाको घोराहिमा सम्पन्न भएको छ । नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा दाङ लगायतका विभिन्न जिल्लाका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

नेपाल मदिरा ब्यबसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले साधारण सभाको उद्घाटन गदै मदिरा व्यवसायमा देखिएका समस्याहरुको समधान गर्न राज्यले नितिगत सुधार गर्नुपर्ने बताउनु भयाे । उहाँले नेपाल मदिरा व्यवसायी महासंघले सबै मदिरा व्यवसायीहरुको हक, हित र अधिकारका लागि निरन्तर काम गरिरहेको वताउदै, उहाँले यस कार्यकालमा महासंघले आफ्नै भवन निर्मान सम्पन्न गरेको, व्यवसायीहरुका सवालहरु प्रभावकारी रुपमा उठान गर्न महासंघले आफ्नै अनलाईन मिडिया संचालनमा ल्याएको, व्यवसायीहरुको कानुनी सहायताका लागि दुई जना कानुन व्यवसायीहरुको व्यबस्थापन गरिएको समेत जानकारी दिनु भयो ।

अध्यक्ष शेर्पाले व्यवसायीहरुका कुनै समस्या वा गुनासो आएको अवस्थामा तत्काल समस्याको समधानका लागि आफु र आफ्नो टिमले सधै पहल गदै आएको वताउनु भयो । कार्यक्रममा वोल्दै एक अर्को प्रसंगमा अध्यक्ष शेर्पाले व्याबसायिक सस्थामा लागेर ब्यबसाय बिग्रियो भन्नु गलत भएको समेत बताउनु भयो । आफ्नो व्यवसायलाई व्यवसायीक मर्यादामा राखेर विभिन्न सामाजिक क्षेत्रमा सफल भएका कयौ उदाहरण भएको भन्दै उहाँले हामीले इमान्दारीका साथ काम गर्दा कुनै समस्या नहुने समेत वताउनु भयो । महासंघमा धेरै व्यवसायीहरु सक्रियताका साथ काम गरिरहनु भएको छ केहि व्यक्तिहरुले सामान्य गुनासो गरे पनि संस्थामा सक्रिय भएकै कारण कुनै कसैको व्यवसाय विग्रेको अवस्था छैन ।

साधारण सभामा बोल्दै अध्यक्ष शेर्पाले व्यावसायीक अवस्था बुझेर मात्रै व्यापार सुरु गर्न आम ब्यावसायीहरुमा आग्रह समेत गर्नुभयो । उहाँले वजारको अवस्था, खरिद, विक्रि र स्टक खाता समेत बनाउन नजान्ने, यति घुस खाइदिनुस् र हिसाब मिलाइदिनुस् भनेर कार्यालयमा विन्ती गर्न जाने कुरा व्यावसायीका लागि ठीक नभएको उहाँको भनाइ थियो ।
कार्यक्रममा कोभिड र अन्तर्राष्ट्रिय ठूला लडाइँले मदिरा बजार नयाँ अवस्थामा प्रवेश गरेकोले व्यवसायीक क्षेत्रमा चुनौति थपिएको केन्द्रीय उपाध्यक्ष विष्णु कुमार श्रेष्ठको भनाइ थियो । उहाँले सामान जफत होइन कर शिक्षा दिएर व्यावसायीक कार्यमा सहयोग गर्न सरकारलाई आग्रह गर्नुभयो ।
अर्का उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठले राज्यका केहि नितिगत कुराले व्यवसायीहरुले दुःख पाएकाले यसको समधान गर्न महासंघको नेतृत्वमा सबै व्यवसायीहरु एकढिक्का भएर लाग्नु पर्ने वताउनु भयो ।
महासंघका केन्द्रीय सल्लाहकार खड्गबहादुर बुढाथोकीले उधारोमा कारोवार नगर्न व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उदारोका कारण व्यवसायीक क्षेत्र धरासयी भएको बुढाथोकीको भनाई थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले व्यवसाय सञ्चालनमा नयाँ प्रविधी र वजारको अवस्थामा ध्यान नदिदा पुराना व्यवसायी विस्थापित हुँदै गएको बताउनुभयो । सो अवसरमा बोल्ने वक्ताहरुले सबैभन्दा धेरै राजश्व उठाउने मदिरा व्यवसायलाई राज्यले सम्मानित व्यवहार नगरेको भन्दै गुनासो गरेका थिए । घरेलु मदिरा नियन्त्रण गर्न नसक्दा धेरै कर तिर्ने मदिरा व्यवसायी झन मारमा परेको उनीहरुको भनाइ थियो ।
राप्ती अंचल लिकर्ष एसोसियसनका अध्यक्ष दामोदर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा कार्यक्रममा व्यवसायीहरुले नेपाल मदिरा व्यवसायी महासंघले मदिरा व्यवसायीहरुको हक, हित र अधिकारका लागि उच्च प्रंससा योग्य कार्य गरेको समेत बताएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष वुढाथोकीले सोनाम शर्पा फेरि पनि अर्को कार्यकालको लागि महासंघको अध्यक्ष हुनुपर्ने बताउदै व्यवसायीहरुको हितका लागि शेर्पाले निक्कै महत्वपूर्ण योगदान गरेकाले आगामी कार्यकालमा समेत नेपाल मदिरा व्यवसायी महासंघमा उहाँको नेतृत्व आवश्यकता रहेको वताउनु भयो । अध्यक्ष वुढाथोकिले सोनाम शेर्पाले फेरि पनि महासंघको अध्यक्ष पदमा उम्मेदवार दिनुभएमा राप्ती अंचल लिकर्ष एसोसियसनले संस्थागतरुपमा सहयोग गर्ने समेत वताउनु भयो ।
कार्यक्रममा संस्थागत प्रगति प्रतिवेदन लिकर्षका महासचिव वामदेव अधिकारीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोपाल ओलीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई कदरपत्रले सम्मान समेत गरिएको थियो ।
साधारण सभा कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघ लुम्विनी प्रदेश सचिव चिरञ्जीवी रावत, लिकर्षका सल्लाहकार नारायणप्रसाद भुसाल, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, विजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतम, बाँके मदिरा व्यवसायी संघका अध्यक्ष मीनबहादुर सिंह ठकुरी, दाङ देउखुरी होटल व्यवसायी समितिका महासचिव टीकाराम भुसाल, गल्ला तथा किराना व्यवसायी समिति घोराहीका अध्यक्ष विनोद पाण्डे, राप्ती अञ्चल बजार प्रतिनिधि एशोसिएसनका अध्यक्ष केशव बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्रिभुवन पौडेलले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद लिकर्षका वरिष्ठ उपाध्यक्ष केशव घिमिरेले र कार्यक्रमको सञ्चालन महासचिव वामदेव अधिकारीले गर्नुभएको थियो ।

