मदिरा व्यवसायी संघ काठमान्डौ र लायन्स कल्व अफ केटिएम गुल्मोहर, लियो कल्व अफ केटिएम गुल्मोहर को सयुक्त आयोजनामा शनीवार रक्तदान कार्यक्रम काठमान्डौमा सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा १३४ जनाको सहभागिता रहेको भएपनि स्वास्थ्य परिक्षण गर्दा १९ जनाले रक्तदान गर्न नमिल्ने र १५ जना सहभागिहरुले रक्दान गरेकोले पुन रक्तदान गर्ने अवधी नपुेकोले १०० जनाले रक्तदान गरेका थिए ।

सहभागिहरुको स्वास्थ्य परिक्षण र रक्तदानबाट संकलन भएको रगतको व्यवस्थापन हिमालय अस्पतालको सहजिकरणमा भएको मदिरा व्यवसायी संघ काठमान्डौका अध्यक्ष राजन के.सी.ले जानकारी दिनु भयो ।

मदिरा व्यवसायी संघ काठमान्डौले नागरिक सहायता र सार्वजनिक हितका लागि विभिन्न कल्याकारी कार्य गदै आएको छ ।


