मदिरा ब्यावसायी संघ काभ्रेको पहिलो साधारण सभा सम्पन्न

मदिरा ब्यवसायी संघ काभ्रे जिल्लाको पहिलो साधारण सभा शनीवार बनेपामा सम्पन्न भएको छ । नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा काभ्रे जिल्लाका २५० जना भन्दा बढि मदिरा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

नेपाल मदिरा ब्यबसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायमा देखिएका समस्याहरुको समधान गर्न राज्यले नितिगत सुधार गर्नुपर्ने बताउदै महासंघले सबै मदिरा व्यवसायीहरुको हक, हित र अधिकारका लागि निरन्तर काम गरिरहेको वताउनु भयो । उहाँले यस कार्यकालमा महासंघले आफ्नै भवन निर्मान सम्पन्न गरेको, व्यवसायीहरुका सवालहरु प्रभावकारी रुपमा उठान गर्न महासंघले आफ्नै मिडिया संचालनमा ल्याएको र दुई जना कानुन व्यवसायीहरुको समेत व्यबस्थापन गरिएको बताउनु भयो । उहाँले मदिरा व्यवसायीहरुको हक अधिकारका लागि मदिरा व्यवसायी महासंघमा काभ्रे जिल्लावाट समेत महासंघमा प्रतिनिधित्व हुनुपर्ने बताउनु भयो ।

पछिल्लो समय व्यवसायीक क्षेत्रमा चुनौति थपिएको र यसले मदिरा क्षेत्रमा समेत नकारात्मक असर पुगेको केन्द्रीय उपाध्यक्ष विष्णु कुमार श्रेष्ठको भनाइ थियो । उहाँले राज्यका निकायहरुले सामान जफत होइन कर शिक्षा दिएर व्यावसायीक कार्यमा सहयोग गर्न समेत ति निकायहरुलाई आग्रह गर्नुभयो ।

मदिरा व्यवसायी संघ काभ्रेका अध्यक्ष कुवेर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको पहिलो साधारण सभामा नेपाल मदिरा व्यवसायी महासंघ वागमति प्रदेशका अध्यक्ष मदन गौतम, केन्द्रिय सदस्य सिता भट्राई, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र सपछे, मदिरा व्यवसायी संघ काठमान्डौका अध्यक्ष राजन के.सी.लगायतले मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा गोर्खा ब्रुअरीको हिमालयन ड्रागन एट, जगदम्वा अल्को वेभ प्र. लि.को जुरी भोड्का र चौधरी ग्रुपको नेपाल आईस पिच वियरको व्यवसायीक सुभारम्भ समेत गरिएको थियो । नयाँ मदिराको व्यवसायीक उद्घाटन महासंघका अध्यक्ष सोनाम शेर्पाले गर्नु भएको थियो ।

साधार सभामा स्वागत तथा संस्थागत प्रगति प्रतिवेदन मदिरा व्यवसायी संघ काभ्रेका महासचिव कृष्णलाल श्रेष्ठले र संघको आर्थिक प्रतिवेदन संस्थाका सहकोषाध्यक्ष राम कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई कदरपत्रले सम्मान समेत गरिएको थियो ।

Share This On:

Leave a Reply