मदिरा ब्यावसायी संघ ललितपुरको आयोजनामा पहिलो पटक वेयर जात्रा हुने भएको छ । ललितपुरमा आयोजना हुने वेयर जात्रामा विभिन्न मदिरा कम्पनी मदिरा व्यवसायीहरु र सर्वसाघारणहरुको सहभागिता हुने छ । विभिन्न कम्पनीहरुबाट उत्पादन भएका वेयरहरुको को जानकारी गराउने उदेश्यले जात्राको आयोजना गरिएको मदिरा व्यवसायी संघ ललितपुरले जनाएको छ ।
सप्ट मदिरा पारखिहरुका लागि वेयरलाई लोकिप्रिय मानिन्छ । फरक फरक स्वादमा विभिन्न मदिरा कम्पनीहरुबाट उत्पादित वेयरहरु जात्रामा समावेश गरिने मदिरा व्यवसायी संघ ललितपुरका महासचिव हरिहर अधिकारीले जानकारी दिनु भयो ।

दशै, तिहार र छठ लगायतका महत्वपुर्ण चार्डपर्वको अवसरमा आयोजना भएको एक दिवसीय वेयर जात्रा असोज ८ गते विहान ११ वजे देखि बेलुकी ७ः३० वजे सम्म जात्रा संचालन गरिने छ ।

