मदिरा व्यवसायको कारोबारमा रोक्ने स्थानीय प्रशासनको निर्णय प्रति महासंघको आपत्ति

निर्वाचन अवधीमा मदिराको कारोवार नगर्न भन्दै विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका सुचनाहरु प्रति नेपाल मदिरा ब्यवसायी महासंघले आपत्ती जनाएको छ । निर्वाचन सम्पन्न हुनु १५ दिन अगाडि देखि नै मदिरा तथा मदिराजन्य वस्तुहरुको कारोबार बन्द गर्न विभिन्न जिल्लाका प्रशासन कार्यालयहरुको सुचना गैरजम्मेबारपूर्ण भएको भन्दै यस्तो सुचना तत्काल फिर्ता लिएर मदिरा ब्यवसाय संचानलमा अवरोध नगर्न महासंघले सम्वन्धीत निकायहरुसंग आग्रह गरेको छ ।

नेपाल मदिरा ब्यवसायी महासंघको आईतबार सम्पन्न भएको बैठकले जिल्ला प्रशासन कार्यालयहरुले सुचना जारि गरि मदिरा तथा मदिराजन्य बस्तुहरुको कारोबार गर्न रोक लगाएको भन्दै उक्त निर्णयको विरोध गर्ने निर्णय गरेको महासंघका अध्यक्ष शोनाम शेर्पाले बताउनु भयो । पछिल्लो समय बैंकहरुले बृद्धि गरेको ब्याज, घर भाडा, राज्यका निकायहरुमा तिर्नुपर्ने राजस्व, सेवा शुल्क, कर्मचारीको तलब भत्ता प्रशासनिक खर्च, कोविड महामारीको लगडाउन लगायतका कारण मदिरा ब्यवसाय धरासयी भएको अवस्थामा निर्वाचनका नाममा १५ दिन सम्म मदिराको कारोबार बन्द गर्ने निर्णयले मदिरा ब्यवसाय थप धरासयी हुने भएकाले जिल्ला प्रशासन कार्यालयहरुको सुचना तत्काल सच्याउनु पर्ने अध्यक्ष शेर्पाले बताउनु भयो ।

मदिरा कारोबारको सिजन सुरु भएको अवस्थामा स्थानीय प्रशासनले कारोबारमा प्रतिवन्ध लगाउने कार्यले ब्यबसायीक क्षेत्रमा ठुलो क्षति हुने मदिरा ब्यवसायी संघ काठमान्डौका अध्यक्ष राजन के.सी.ले बताउनु भयो । निर्वाचनको अवधीमा एक दुई दिन मदिराको कारोबार बन्द हुनु स्वभाविक भएपनि व्यवसायीक सिजनमा निर्वाचनको नाममा दुई हप्ता भन्दा बढि समय सम्म कारोबार बन्द गर्ने अभ्यास कहि कतै नभएको अध्यक्ष के.सि.ले बताउनु भयो । मदिरा पसल बन्द गरेर कहाँ जानु ? उहाँले भन्नु भयो निर्वाचन अवधीमा कारोबार थप ब्यबस्र्थीत वनाउन सकिन्छ तर कारोबार नै बन्द गर्ने कार्य ब्यवहारिक नभएको उहाँले बताउनु भयो ।

लामो समयका लागि मदिरा कारोबारमा लगाईएको प्रतिवन्ध तत्काल नहटाए ब्यवसायीहरुले कडा आन्दोलन गर्न बाध्य हुने नेपाल मदिरा ब्यबसायी महासंघले जनाएको छ । महासंघले पहिलो चरणमा सम्वन्धीत जिल्ला प्रशासन कार्यालयहरुमा गएर छलफल गर्न सबै जिल्ला मदिरा ब्यवसायी संघहरुलाई निर्देशन गरेको छ । मदिरा ब्यवसायीहरु र जिल्ला प्रशासन कार्यालयहरुसंग समन्वय गरेर मदिरा कारोबारलाई थप ब्यवस्र्थित बनाउन समेत महासंघले आग्रह गरेको छ ।

विभिन्न बाहानामा राज्यले पटक पटक मदिरा ब्यवसाय संचालनमा अवरोध गदै आएको भन्दै ब्यवसायीहरुले दुःख ब्यक्त गदै आएका छन । राज्यलाई सबै भन्दा बढि राजस्व तिर्ने मदिरा ब्यबसायलाई ब्यवसाय संचालनमा उपयुक्त वातावरण तयार गर्नुपर्नेमा उल्टै बारम्वार ब्यवसाय संचालमा अवरोध गदै आएको भन्दै ब्यवसायीहरुको गुनासो गदै आएका छन । यस अधि कोरोेना महामारीको समयमा समेत स्थानीय प्रशासनहरुले मदिरा ब्यबसायमा प्रतिवन्ध लगाएपछि नेपाल मदिरा ब्यवसायी महासंघले ब्यवसाय संचालन गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट समेत दायर गरेको थियो । सर्वोच्चको आदेश पछि उक्त समयमा ब्यवसाय संचालन गरिएको थियो ।

निर्वाचन सम्पन्न हुन ३ दिन अगाडि मदिरा तथा मदिराजन्य बस्तुहरुको कारोबार बन्द गरिदै आएको भएपनि यस पटक भने निर्वाचन अवधीका १५ दिन सम्म मदिरा तथा मदिराजन्य बस्तुको कारोबार विक्रि वितरण नगर्न विभिन्न जिल्लाका स्थानीय प्रशासन कार्यालयहरुले सुचनाहरु जारि गरि मदिरा मदिरा तथा मदिराजन्य बस्तुहरुको कारोबार गर्न प्रतिवन्ध लगाएका छन ।

Share This On:

Leave a Reply