मदिरा व्यवसायी संघ काठमान्डौको कार्यालय उद्घाटन

मदिरा व्यवसायी संघ काठमान्डौको कार्यालय शनिबार विषेश कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष शोनाम शेर्पाको प्रमुख आथित्यता र मदिरा संघ बागमति प्रदेश अध्यक्ष मदन गौतम र मदिरा संघ काठमान्डौका निवर्तमान अध्यक्ष गोविन्द बरालको विषेश आथित्यतामा कार्यालय उद्घाटन गरिएको छ ।

मदिरा संघ काठमान्डौको कार्यालय महासंघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति शोनाम शेर्पा, विषेश अथिति मदन गौतम र गोविन्द बरालले एक समारोहका विच संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

लामो समय देखि भाडामा संचालन हुदै आएको संघको कार्यालय नेपाल मदिरा व्यवसायी महासंघको आफ्नै भवन निर्माण सम्पन्न भएपछि मदिरा महासंघको कार्यालय संचालनमा आएपछि महासंघको समन्वयमा काठमान्डौ जिल्ला संघको कार्यालय नवनिर्मित महासंघको भवनमा सारिएको हो ।

कार्यालय भवन उद्घाटन गदै महासंघका अध्यक्ष शेर्पाले मदिरा महासंघ सबै मदिरा व्यवसायीहरुको साझा संस्था भएकाले नेपाल भरिका सबै मदिरा व्यवसायीहरुको समस्याको समधान गर्न महासंघ सधै लागि परेको बताउदै महासंघको भवन निर्माणमा समेत मदिरा व्यवसायीहरुको उल्लेख्य सहयोग र सहभागिता रहेको र काठमान्डौ जिल्ला संघले समेत अझ धेरै सहयोग गरेको बताउनु भयो । यो भवन सबै ब्यवसायीहरुको साझा भवन हो । आवश्यकताका आधारमा काठमान्डौ जिल्ला संघलाई कार्यालय संचालनका लागि प्रदान गरिएको छ । महासंघ र काठमान्डौ जिल्ला संघको कार्यालय एउटै भवनबाट संचालन गर्दा कार्य संचालनमा थप प्रभावकारी वन्ने समेत उहाँले बताउनु भयो । हामी सबै मदिरा व्यवसायीहरुको अभिभावकका रुपमा काम गदै आएको समेत अध्यक्ष शेर्पाले बताउनु भयो ।

यस्तै कार्यक्रममा बागमति प्रदेशका अध्यक्ष मदन गौतमले मदिरा संघ काठमान्डौ देशैभरिका जिल्ला संघहरुको आशा र भरोसा गर्ने जिल्ला हो । यस जिल्लाले समेत मदिरा ब्यवसायीहरुको हक, हित र अधिकारका लागि प्रभावकारी भुमिका निर्वाह गर्नु पर्ने बताउदै महासंघका अध्यक्ष शोनाम शेर्पाको कुशल नेतृत्वमा महासंघको भवन निर्माण भएको बताउनु भयो । उहाँले भन्नु भयो महासंघ, काठमान्डौ जिल्ला संघ र महासघको प्रदेश सम्पर्क कार्यालय एउटै भवनमा संचालन भएपछि ब्यबसायीहरुलाई थप सहजता हुने छ ।

मदिरा संघ काठमान्डौका निवर्तमान अध्यक्ष गोविन्द बरालले भवन निर्माणमा महासंघका अध्यक्ष शोनाम शेर्पाको नेतृत्वमा काठमान्डौ जिल्ला संघको महत्वपूर्ण सहभागिता र सहयोग भएको बताउदै ब्यवसायीहरुको समस्या समधानमा अध्यक्ष शेर्पाले महत्वपुर्ण योगदान गर्नु भएको बताउनु भयो । उहाँले समयमै भवन निर्माण गरि ए्तिहासिक कार्य गरेकोमा महासंघको प्रसंसा समेत ब्यक्त गर्नु भयो । उहाँले महासंघले संचालमा ल्याएको मिडियालाई थप प्रभावकारी बनाएर लैजानुपर्नेमा पनि जोड दिनु भयो ।

काठमान्डौ जिल्ला संघका अध्यक्ष राजन के.सी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव शुसिल खड्काले गर्नु भएको थियो । यस्तै मदिरा संघ काठमान्डौको आज बसेको बैठकले आगामी माघ २८ गते संघको बार्षिक साधारण सभा तथा बनभोज कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । यस साधारण सभा तथा वनभोज कार्यक्रम भब्य बनाउन जिल्ला संघका उपाध्यक्षहरुको संयोजनमा विभिन्न उप समितिहरु गठन गरिएको संघका अध्यक्ष राजन के.सी.ले जानकारी दिनु भयो ।

Share This On:

Leave a Reply