व्यबसायी थापाको निधन प्रति महासंघको दुःख ब्यक्त

पौष २३, ललितपुर
मदिरा व्यवसायी संघ ललितपुरका संस्थापक सदस्य तथा बर्तमान सह कोषाध्यक्ष निरेश थापाको विहिबार विहान उपचारका क्रममा नर्भिक अस्पतालमा ४७ वर्षको उमेरमा दुखद निधन भएको छ । उहाँको दुःखद निधन प्रति नेपाल मदिरा व्यवसायी महासंघले गहिरो दुःख ब्यक्त गरेको छ ।

महासंघका अध्यक्ष शोनाम शेर्पाले निधन प्रति गहिरो दुःख ब्यक्त गर्दै परिवारजनमा समबेदना ब्यक्त गर्नु भएको हो । एक कुशल व्यबसायीको अल्पआयुमै भएको दुखद निधनले समग्र व्यबसायीक क्षेत्र मर्माहत भएको भन्दै उहाँले ब्यवसायीक क्षेत्रमा अपुरनीय क्षति पुगेको बताउनु भएको छ ।

यस्तै मदिरा संघ काठमान्डौ, ललितपुर लगायतका विभिन्न ब्यबसायीक संघ संगठनहरुले पनि मदिरा व्यबसायी थापाको निधन प्रति दुःख ब्यक्त गरेका छन । व्यवसायी थापाको निधन प्रति बागमति प्रदेश अध्यक्ष मदन गौतमले गहिरो दुख ब्यक्त गर्नु भएको छ ।

मदिरा संघ काठमान्डौका अध्यक्ष राजन के.सी.ले थापाको निधनले व्यवसायीक क्षेत्र मर्माहत भएको बताउदै एक सफल ब्यबसायी तथा असल मित्र गुमाउनु पर्दा निकै दुःख लागेको बताउनु भयो । मदिरा संघ काठमान्डौका निवर्तमान अध्यक्ष गोविन्द बरालले पनि मदिरा व्यबसायी थापाको निधन प्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

मदिरा संघ ललितपुरले संस्थापक सदस्य तथा बर्तमान सह कोषाध्यक्ष थापाको दुखद निधनले ब्यवसायीक क्षेत्र प्रभावित भएका छ । यस्तो कठिन शोकको अवस्थामा संघले शोक सभा बाहेकका अन्य कुनै औपचारीक कार्यक्रम नगर्ने र त्यस्ता औपचारिक रुपमा आयोजना हुने कार्यक्रमहरुमा मदिरा संघको तर्फबाट सहभागि समेत नहुने जनाएको छ । संघका महासचिव हरिहर अधिकारीले थापाको निधनले हामि गहिरो शोकमा छौ ।

यस्तो शोकाकुल अवस्थामा हामी कुनै औपचारिक कार्यक्रमको आयोजना नगर्ने र अरुले आयोजना गरेका औचारिक कार्यक्रमहरुमा सहभागि समेत हुन नसकिने बताउनु भयो । उहाँले भन्नु भयो हामी उहाँको उपचारका लागि आर्थिक सहयोग गरेका थियौ र थप उपचारका लागि आर्थिक संकलन हुदै थियो । एक्कासी दुखद निधन भएको खवरले हामीलाई स्तब्ध बनाएको छ ।

उपचारका लागि संकलन भएको रकम चाडै मृतकको परिवारलाई प्रदान गरिने उहाँको भनाई थियो । ललितपुर जिल्लामा एक दशक देखि निरन्तर रुपमा मदिरा ब्यबसाय संचालन गदै आउनु भएका थापा मदिरा संघ ललितपुरको संस्थापक सदस्य र हाल सह कोषाध्यक्ष हुनुहुन्थ्यो । व्यवसाय संगै विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशिल थापा १ वर्ष भन्दा लामो समय देखि कलेजो र मृगौला रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँको एक श्रीमति र एक छोरा हुनुहुन्छ ।

Share This On:

Leave a Reply