मदिरा ब्यावसायी संघ काठमान्डौको आठौ साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न

मदिरा ब्यवसायी संघ काठमान्डौको आठौं साधारण सभा तथा वनभोज कार्यक्रम शनिवार काठमान्डौमा सम्पन्न भएको छ । साधारण सभाका अध्यक्ष तथा मदिरा संघ काठमान्डौका अध्यक्ष राजन के.सी.ले सभाको बन्दसत्रको पहिलो कार्यसुची अन्र्तगत संघको विधान शंसोधन प्रस्ताव पेश गर्नु भएको थियो । उक्त विधान शंसोधन प्रस्ताव दुई तिहाई साधारण सदस्यहरुको अनुमोदनबाट पारित भएको छ ।

साधारण सभामा प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष शोनाम शेर्पा मदिरा व्यवसायीहरुको हक, हित र अधिकारका लागि महासंघले सधैब अभिभावकका रुपमा काम गदै आएको बताउदै कुनै व्यवसायीले गैरकानुनी रुपमा मदिराको कारोवार गरेमा, ब्यवसायीलाई ठगी गरेमा वा मदिराको चोरीपैठारी गरेमा त्यो महासंघलाई स्वीकार नहुने बताउदै यस्ता कार्य गर्ने जो कोहिलाई पनि कानुनी दायरामा ल्याईने बताउनु भयो ।

केहि अवैध कारोबार गर्ने कम्पनी र गलत ब्यक्तिका कारण मदिरा व्यवसायमा समस्या उत्पन्न भएको भन्दै शेर्पाले त्यस्ता गलत कार्यको रोगथाम गर्न सबै पक्षसंग सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो । आफ्नो कार्यकालमा महासंघको भवन निर्माण भएको र संस्थागत विकासमा समेत धेरै कार्य सम्पन्न भएको बताउदै उहाँले ब्यवसायीहरुको हितमा काम गर्न आफु सधै तयार रहेको र गलत कार्य गर्ने र मदिरा व्यवसायीलाई दुःख दिने कसैलाई छुट दिन नसकिने समेत बताउनु भयो । उहाँले हामीले भबन निर्माण गरेका छौ, महासंघले आफ्नै भवनबाट कार्यालय संचालन गरिरहेको छ ।

आफ्नो कार्यकालमा ब्यवसायीहरुको हितमा धेरै काम भएकाले धेरै जिल्लाका मदिरा व्यवसायीले पुन अध्यक्षमा उम्मेदवारी हुन आग्रह गरेकाले ब्यवसायीहरुको हक, हित र अधिकारका लागि काम गर्न तयार रहेका बताउदै उहाँले आगामी चैत्र महिनामा महासंघको अधिबेशन हुने पनि बताउनु भयो ।

अध्यक्ष शेर्पाले मदिरा ब्यवसायीहरुका समस्याहरु समधान गर्न नेपालका मिडियाहरुले सहयोग नगरेका कारण आफ्नै अनलाईन मिडिया संचालन गर्नु परेको बताउदै उहाँले महासंघले मिडिया संचालनको लागि थप कार्य गर्ने बताउनु भयो । मदिरा ब्यबसायीका कानुनी समस्याहरु समधान गर्न २ जना कानुन ब्यवसायीहरु नियुक्त गरेकोले पछिल्ला दिनमा व्यवसायीहरुका समस्या समधानमा धेरै कामहरु सम्पन्न गरिएको समेत जानकारी दिनु भयो ।

साधारण सभामा संघका निबर्तमान अध्यक्ष गोविन्द प्रसाद बरालले मदिरा मानव जीवनको सुख, दुखमा प्रयोग गरिने भएकाले अन्य देशहरुमा जस्तै नेपालमा पनि मदिरा सेवन गरेर सवारी चलाउन पाउने गरि कानुनी ब्यबस्था गर्नुपर्ने बताउनु भयो । उहाँले मदिरा सबैका लागि आवश्यक भएपनि नेपालमा यसलाई सकारात्मक रुपमा लिनुपर्नेमा कतिपय कुरामा गलत बुझाई रहेकाले सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

मदिरा संघ काठमान्डौका अध्यक्ष राजन के.सी.को अध्यक्षता रहेको कार्यक्रममा कम्पनीका प्रतिनिधी हरि सिटौला, मदिरा वितरक संघका महासचिव राजकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

विहान ९ वजे सुरु भएको साधारण सभाको बन्दसत्रमा संघका अध्यक्ष के.सी.ले मदिरा संघ काठमान्डौको आगामी निति तथा कार्यक्रम, महासचिव शुसिल खड्काले संस्थागत प्रतिवेदन र सहकोषाध्यक्ष ओमश्याम श्रेष्ठले आर्थिक प्रतिवेद प्रस्तुत गर्नु भएको थियो । साधारण सभाले आर्थिक, सांगठनिक प्रतिवेदन र मदिरा संघ काठमान्डौको आगामी निति तथा कार्यक्रम पारित गरेको छ । कार्यक्रममा मदिरा संघ काठमान्डौलाई सहयोग गर्ने विभिन्न मदिरा कम्पनीहरुलाई सम्मान प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा महासंघका कोषाध्यष रुपक अर्याल, केन्द्रिय सदस्य शालीकग्राम कडेल, मदिरा महासंघ बागमति प्रदेशका अध्यक्ष मदन गौतम, मदिरा संघ ललितपुर, भक्तपुर, काभ्रे जिल्लाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य संघका उपाध्यक्ष हरिप्रसाद दाहालले गर्नुभएको थियो भने कार्यक्रम संचालन संघका सचिव सुधन थापा मगरले गर्नु भएको थियो । कार्यक्रमका सहभागिहरुका लागि धन्यबाद मन्तब्य संघका उपाध्यक्ष रुप तामाङ्गले गर्नु भएको थियो । कार्यक्रममा काठमान्डौ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका पाँच सय भन्दा बढि मदिरा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Share This On:

Leave a Reply