नेपाल मदिरा ब्यावसायी महासंघको अधिबेशन काठमान्डौमा सम्पन्न हुने भएको छ । कार्यसमितिको बैठकले महासंघको अबिधेशन आगामी बैशाख ८ र ९ गते काठमान्डौमा सम्पन्न गर्ने निर्णय गरेको महासंघका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनु भयो ।
अधिबेशनले महासंघको केन्द्रिय कार्यसमिति र महासंघको सातै प्रदेश कार्य समितको लागि आगामी कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्ने छ । महासंघको अबिधेशनका कार्यक्रमहरु व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्न आवश्यक तयारी थालिएको महासंघले जनाएको छ ।
महासंघको आगामी नयाँ नेतृत्वका लागि अहिलेकै कार्यसमितिमा केहि पदहरुमा सामान्य हेरफेर गरि एकढिक्का भएर उम्मेदवारी दिने तयारी भैरहेको अध्यक्ष शेर्पाले बताउनु भयो । उहाँले बर्तमान कार्यसमितिले महासंघको दिगो संस्थागत विकासका लागि महासंघको भवन निर्माण सम्पन्न गरिएको, व्यवसायीहरुको हक, हित र अधिकारका लागि निःशुल्क कानुनी सहायता सुरु गरिएको, महासंघ र व्यवसायीहरुको दिगो विकासका लागि अनलाई मिडिया संचालनमा ल्याएको र व्यवसायीहरुको क्षमता विकासका लागि समेत महत्वपूर्ण कार्य सम्पन्न गरिएको र यी कार्यहरुलाई थप प्रभावकारी रुपमा संचालन गर्नका लागि पनि बर्तमान कार्य समितिको आवश्यकता रहेकाले केहि पदहरुमा हेरफेर गरेर केहि उर्जाशिल व्यवसायीहरु समेतलाई समावेश गरेर उम्मेदवारी दिने तयारी गरिएको उहाँको भनाई छ । यो संगै आगामी नेतृत्वका लागि सोनाम शेर्पाको नेतृत्वमा उम्मेदवारी रहने निश्चित भएको छ ।
महासंघको अबिधेशनमा सातै प्रदेश र ७७ वटै जिल्लाबाट १५ सय जना भन्दा बढि मदिरा व्यवसायीहरुको सहभागिता हुने महासंघले जनाएको छ । अबिधेशन सम्पन्न गर्न अध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा मुल आयोजक समिति, अधिवक्ता सुदिप नेपाल, अधिवक्ता दिनेश खड्का र महासंघका सल्लाहकार राम श्रेष्ठ सहभागि निर्वाचन समति समेत गठन गरिएको छ । अबिधेशन तयारीका लागि आर्थिक तथा व्यवस्थापन लगायतका विभिन्न समिति गठन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनु भयो ।

