बैशाख ९ गते काठमान्डौमा सम्पन्न हुने मदिरा ब्यावसायी महासंघको साधारण सभा तथा अबिधेशनको तयारी तिबृ ।

नेपाल मदिरा ब्यावसायी महासंघको साधारण सभा तथा केन्द्रिय अबिधेशनको तयारी तिवृ बनाइएको छ । बैशाख ९ गते काठमान्डौको प्रज्ञा भवनमा सम्पन्न हुने उक्त कार्यक्रमका लागि आवश्यक तयारीलाई तिवृ बनाईएको महासंघका अध्यक्ष सोनाम शेर्पाले बताउनु भयो । साधारण सभा तथा अबिधेशनका कार्यक्रमहरुलाई प्रभावकारी वनाउन कार्यसमितिका सबै पदाधिकारीहरुलाई विभिन्न समिति वनाएर जिम्मेवारी तोकिएको अध्यक्ष शेर्पाले बताउनु भयो ।

महासंघको साधारण सभामा संस्थाको विधान संशोधन, नयाँ संस्थागत संरचनाको कार्यन्वयन, मदिरा व्यवसायमा देखिएका चुनौति र मदिरा व्यवसायीहरुका जिल्लागत सवालहरुका विषयहरुमा छलफल गरिने र अबिधेशनवाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन समेत गरिने महासंघले जनाएको छ ।

महासंघको साधारण सभा तथा अबिधेशनमा सातै प्रदेश र सबै जिल्लाहरुबाट मदिरा व्यवसायीहरुका प्रतिनिधीहरुको सहभागिता हुने र सहभागि प्रतिनिधिहरुको विवरण चैत्र २५ गते सम्म आउने महासंघका महासचिव तारानाथ ढुङगानाले जानकारी दिनु भयो । सहभागि प्रतिनिधिहरुका लागि महासंघले बैशाख ८ र ९ गतेका लागि आवासिय सुविधाको व्यवस्था गरिने महासंघले जनाएको छ ।

बैशाख ५ गते महासंघको नव निर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरिने कार्यक्रम रहेको छ भने बैशाख ८ गते प्रतिनिधिहरुका लागि विषेश रात्री भोजको आयोजना गरिने र बैशाख ९ गते विहान साधारण सभाको भब्य उद्घाटन गरि साधारण सभाको वन्दसत्रका अन्य कार्यक्रमहरु सहित सोहि दिन नयाँ कार्य समिति चयनका लागि निर्वाचन समेत गरिने महासंघका सचिव रमेश आचार्यले बताउनु भयो ।

निर्वाचनका कार्यक्रम भने बैशाख ४ गते देखि सुरु गरिने छ । जस अनुसार बैशाख ४ गते मतदाता नामावली प्रकाशन लगायतका कार्यक्रम गरिने छ भने बैशाख ५ गते महासंघको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारीहरुकाे मननोयन दर्ता लगायतका कार्यक्रमहरु गरिने महासंघको निवाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयनका लागि महासंघको निर्वाचन लगायतका कार्यक्रमहरु बैशाख ४ गते देखि सुरु गरिने भएपनि साधारण सभा तथा अबिधेशनका सहभागि प्रतिनिधीहरुका लागि आवासिय सुविधा भने बैशाख ८ र ९ गतेका लागि मात्र गरिने भएको छ ।

Share This On:

Leave a Reply