नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्षमा सोनाम शेर्पा विजयी

नेपाल मदिरा व्यवसायी महासंघको १७ औं बार्षिक साधारण सभा तथा १२ औ अधिबेशन अन्र्तगत शनिवार भएको निर्वाचनमा महासंघको अध्यक्ष पदमा सोनाम शेर्पा अत्याधिक मतका साथ विजयी हुनुभएको छ ।

अध्यक्ष पदका लागि भएको मतदानमा अध्यक्ष पदका उम्मेदवार शेर्पाले ५८६ मतका साथ विजयी हुनुभएको हो भने अध्यक्ष पदका अर्का उम्मेदवार मुकुन्द महर्जनले ३१ मत प्राप्त गर्नु भएको छ । महासंघका अन्य सबै पदाधिकारीहरु भने र्निविरोध निर्वाचित भएका छन । महासंघको केन्द्रिय कार्यसमितिका अन्य पदाधिकारी तथा प्रदेश कार्यसमितिका सबै पदहरु यस अधि नै र्निविरोध निर्वाचित भैसकेका हुन ।

शनीवार काठमाण्डौको प्रज्ञाभवनमा भएको उक्त साधारण सभा तथा अधिबेशनमा देशभरिका करिव सात सय भन्दा वढि मदिरा व्यवसायीहरुका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । प्रतिनीधि सभा सदस्य शन्तोष चालिसेको प्रमुख आथित्यता र महासंघका अध्यक्ष सोनाम शेर्पाकाे अध्यक्षातामा भएकाे उद्घाटन समारोहमा नेपाल चेम्वर अफ कर्मश, नेपाल उद्योग वाणिज्य संघ, मदिरा उत्पादक संघ लगायतका संस्थाहरुकाे सहभागिता रहेको थियो ।

महासंघको वार्षिक साधारण सभाको बन्द सत्रले महासचिव तारानाथ ढुङ्गानाले पेश गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रुपक अर्यालले पेश गर्नु भएको आर्थिक प्रतिवेदन समेत अनुमोदन गरेको छ भने महासंघको विधान शंसोधन प्रस्ताव समेत बहुमतले पारित गरिएको छ । उक्त कार्यक्रममा उपाध्यक्ष विष्णु कुमार श्रेष्ठले स्वागत मन्तब्य र महासचिब तारानाथ ढुङ्गानाले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

बैशाख ४ गते देखि सुरु भएको महासंघका निर्वाचनका सम्पुर्ण कार्यक्रमहरु बैशाख ९ गते शनीबार अध्यक्षको निवार्चन सम्पन्न भएसंगै सम्पन्न भएको छ ।

शनीबार नै नवनिर्वाचित महासंघका केन्द्रिय अध्यक्ष लगायतका पदाधिकारीहरु र प्रदेश कार्य समितिका पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृत अधिवक्ता सुदिप नेपालले पद तथा गोपनीयताको सपथ ग्रहन गराउनु भएको छ । सपथ ग्रहन संगै महासंघको आगामी कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिले पुर्णता पाएको छ ।

शनीबार बेलुकी नवनिर्वाचित महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाले मतदाताहरुलाई सम्वोधन गदै मदिरा व्यवसायीहरुका प्रतिनिधीहरु, प्रवेक्षक तथा आमन्त्रित सबैदाई धन्यवाद तथा आभार व्यक्त गदै आगामी कार्यकालमा मदिरा व्यवसायीहरुको हक, हित र अधिकारका लागि काम गर्ने बताउनु भयो ।

महासंघको नव निर्वाचित पदाधिकारहिरुको विवरण ः
१. महासंघको नवनिर्वाचित केन्द्रिय कार्य समिति

अध्यक्ष श्री सोनाम शेर्पा (अत्याधिक मतले विजयी)
उपाध्यक्ष ः श्री मृगेन्द्र गोविन्द श्रेष्ठ (निविरोध निर्वाचित)
उपाध्यक्ष ः श्री विमल थापा (निविरोध निर्वाचित)
महासचिव ः श्री गोविन्द प्रसाद वराल (निविरोध निर्वाचित)
कोषाध्यक्ष ः श्री रमेश आचार्य (निविरोध निर्वाचित)
सहकोषाध्यक्ष ः श्री राजु लामा (निविरोध निर्वाचित)
सचिव ः श्री यम बहादुर गुरुङ

निविरोध निर्वाचित केन्द्रिय सदस्यहरु
चक्र बहादुर श्रेष्ठ
प्रदिप देउजा
रमेश बेल्बासे
माधव राम निरौला
हरी बहादूर भण्डारी
सन्देश कक्षपति
सूर्य प्रसाद अर्याल
श्याम कृष्ण प्रजापति

प्रदेश कार्यसमिति
कोशी प्रदेश कार्यसमिति
अध्यक्षमा श्री नविन कुमार तामाङ
उपाध्यक्षमा श्री गोपाल चापागाई
सचिवमा श्री लाल बहादुर कार्की
कोषाध्यक्षमा श्री रञ्जन कुमार रेग्मी

मदेश प्रदेश कार्यसमिति
अध्यक्ष श्री सुनील कुमार चौधरी
उपाध्यक्ष श्री शंकर प्रसाद साह
सचिव श्री दिपेन्द्र प्रसाद महत्तो

बागमति प्रदेश कार्यसमिति
अध्यक्ष श्री हरि प्रसाद दाहाल

लुम्विनी प्रदेश कार्यसमिति
अध्यक्ष श्री शम्भु प्रसाद भट्टराई

गण्डकी प्रदेश कार्यसमिति
अध्यक्ष श्री गोविन्द के.सीं

सुदुरपश्चिम प्रदेश कार्यसमिति
अध्यक्ष श्री लवदेब भट्ट
उपाध्यक्ष श्री भीम बहादुर कुवर
सचिव श्री आयुष हमाल
कोषाध्यक्ष श्री शंकर प्रसाद शर्मा निविरोध निर्वाचित हुनुभएको हो । महासंघको केन्द्रिय कार्यसमिति र सबै प्रदेश कार्यसमितिका पदाधिकारीहरु समेत शेर्पा समुहका रहेका छन । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बैशाख १० गते आईतवार बस्ने नेपाल मदिरा व्यवसायी महासंघले जनाएको छ ।

Share This On:

Leave a Reply