मदिरा संघ काठमाण्डौ द्धारा महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान

मदिरा व्यवसायी संघ काठमाण्डौले जिल्लाबाट नेपाल मदिरा व्यवसायी महासंघमा निर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरेर महासंघमा काठमान्डौ जिल्लाबाट प्रतिनिधित्व गरेर निर्वाचित भएका अध्यक्ष सोनाम शेर्पा, महासचिव गोविन्द प्रसाद बराल, बागमति प्रदेश अध्यक्ष हरि प्रसाद दाहाल र केन्द्रिय सदस्य सुर्य प्रसाद अर्याल लगायतलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गदै सम्मानपत्र द्धारा सम्मान गरिएको छ ।

आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष सोनाम शेर्पाले नेपाल मदिरा ब्यवसायी महासंघको संस्थागत विकासका लागि काठमान्डौ  मदिरा व्यावसायी संघले महत्वपुर्ण योगदान गरेको बताउदै महासंघ सबै मदिरा व्यवसायीहरुको साझा संस्था भएकाले आगामी दिनमा महासंघले सबै व्यवसायीहरुको अधिकार र विकासका लागि काम गर्ने वताउनु भयो । अध्यक्ष शेर्पाले महासंघको भवन निर्माणमा काठमान्डौ जिल्ला संघले महत्वपुर्ण योगदान गरेको समेत बताउनु भयो ।

महासंघका महासचिव गोविन्द प्रसाद बरालले  नेपनल मदिरा व्यवसायी महासंघ र काठमान्डौ जिल्ला संघको सहकार्यमा व्यवसायीहरुको हक, हित र अधिकारका लागि विगत देखि नै सहकार्य भएको बताउदै आगामी दिनमा अझ व्यवसायीक हितका लागि कार्य गर्न थप सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले यस कार्यसमितिले दिगो संस्थागत विकास र मदिरा व्यवसायीहरुको व्यवसायीक हितका लागि योजनावद्ध काम गर्न आवश्यक तयारी भैरहेको जानकारी दिनु भयो ।

महासंघका कानुनी सल्लाहकार अधिवक्ता सुदिप नेपालले महासंघले मदिरा व्यवसायीहरुको हक, हित र अधिकार स्थापित गर्न विगत देखि नै कानुनी उपचार गदै आएको वताउदै महासंघको संस्थागत विकासका लागि गतिशिल सचिवालय हुनुपर्ने र विधान वमोजिम सचिवालयबाट कार्यसंचालन गर्दा प्रभावकारी हुने धारणा व्यक्त गर्नु भयो ।

यस्तै महासंघका सल्लाहकार तथा मिडिया संयोजक अधिवक्ता दिनेश खड्काले नेपाल मदिरा व्यवसायी महासंघको दिगो संस्थागत विकासका लागि अधिल्लो कार्यकालमा भवन निर्माण सम्पन्न भइ पुर्वाधार विकासमा उल्लेख्य प्रगति भएकाले यसको सदुपयोग गर्दै आगामी कार्यसमितिले नेतृत्व विकास र व्यवसायीक क्षमताका लागि योजनाबद्ध कार्यसंचालन गर्न  आवश्यक भएको बताउदै मिडिया संचालनका लागि तत्काल मिडिया संचालन सम्वन्धी कार्यविधी पारित गरि प्रभावकारी रुपमा अनलाइन संचार माध्यम संचालन गर्न सकिने र यसका लागि आधारभुत सामग्रीहरुको व्यवस्थापन गर्न आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा महासंघ वागमति प्रदेश अध्यक्ष हरि प्रसाद दाहालले महासंघको दिगो संस्थागत विकासका लागि प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताउनु भयो । उहाँले प्रदेश संचालनका लागि अन्य संघ महासंघहरुले जस्तै नेपाल मदिरा ब्यवसायी महासंघले संस्थागत संरचना तयार गर्न आवश्यक भएको वताउनु भयो ।

कार्यक्रममा महासंघ वागमति प्रदेशका पुर्व अध्यक्ष मदन गौतमले प्रदेश संचालनका लागि विगतमा विधानमा स्पष्ट व्यवस्था नहुदाँ काम गर्न असहज भएकाले यस पटक विधान संशोधन भई प्रदेश संचालन सम्वन्धी स्पष्ट व्यवस्था भएकाले काम गर्न सहज हुने वताउनु भयो । उहाँले जिल्ला, प्रदेश र महासंघको सयुक्त सहकार्यवाट मात्र सबै मदिरा व्यवसायीहरुको हित हुने वताउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा मदिरा व्यावसायी संघ काठमाण्डौका अध्यक्ष राजन के.सी.ले मदिरा व्यवसायी संघ काठमान्डौ देशै भरिका मदिरा व्यवसायीहरुको हक हित र अधिकार स्थापित गर्न विगत देखि नै नेपाल मदिरा व्यवसायी महासंघसंग सहकार्य गदै  आएको र आगमी दिनमा समेत थप काम गर्ने बताउनु भयो । मदिरा व्यवसायीहरुको हक, हित र अधिकारका लागि काठमान्डौ संघले महासंघलाई आर्थिक, भौतिक रुपमा सहयोग गदै आएको र आगामी दिनमा समेत निरन्त रुपमा यस्ता कामहरुमा सहकार्य गर्ने समेत बताउनु भयो ।

मदिरा व्यवसायी संघ काठमान्डौका महासचिव शुसिल खड्काले संचालन गर्नुभएको कार्यक्रममा काठमान्डौ संघका उपाध्यक्ष रुप तामाङ्ग, सचिव सुदन थापामगर र कोषाध्यक्ष सुरज कार्की लगायतका पदाधिकारीहरु, महासंघका नवनिर्वाचित पदाधिकारीहरु, सल्लाहकार लगायतका व्यवसायीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा बागमति प्रदेशका पुर्व अध्यक्ष मदन गौतम, सल्लाहकारहरु अधिवक्ता सुदिप नेपाल, अधिवक्ता दिनेश खड्का, महासंघका पुर्व केन्द्रिय सदस्य सालीकग्राम कडेल लगायतलाई समेत सम्मान गरिएको थियो ।

Share This On:

Leave a Reply