मदिरा व्यवसायी संघ मोरङ्ग जिल्लाको भवन निर्माण कार्यका लागि सिलन्यास गरिएको छ । नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पा, महासंघ कोशि प्रदेश अध्यक्ष नविन तामाङ्ग र मदिरा व्यवसायी संघ मोरङ्गका अध्यक्ष तारा बहादुर वाँनियाले एक विषेश कार्यक्रमका विच उहाँहरुले सयुक्त रुपमा उक्त भवन निर्माणका लागि सिलन्यास गर्नु भएको हो ।

बुधबार विराटनगरमा आयोजित एक विषेश कार्यक्रमका साथ महासंघका अध्यक्ष शेर्पा लगायतले सिलन्यास गर्नु भएको हो उक्त भवन निर्माणका लागि नेपाल मदिरा व्यवसायी महासंघले संस्थागत रुपमा दुई लाख एक हजार एक सय एघार रुपैया बरावरको आर्थिक सहयोग गर्ने भएको छ । महासंघका अध्यक्ष शेर्पाले उक्त आर्थिक सहयोगका लागि मदिरा व्यवसायी संघ मोरङ्गका अध्यक्ष तारा बहादुर बाँनियालाई चेक हस्तान्तरण गर्नु भएको छ ।

अध्यक्ष शेर्पाले नेपाल मदिरा व्यवसायी महासंघ सबै मदिरा व्यवसायीहरुको साझा संस्था भएको भन्दै उहाँले सबै व्यवसायीहरुको हितको लागि काम गर्ने बताउनु भयो । उहाँले आगामी दिनमा महासंघले व्यवसायीक विकासका लागि काम गर्ने बताउदै । अध्यक्ष शेर्पाले मदिरा व्यवसायी संघ मोरङ्गको भवन निर्माण पछि यस क्षेत्रका व्यवसायीहरुको संस्थागत विकासमा थप योगदान हुने विश्वास व्यक्त गर्दै भवन निर्माण जस्तो महत्वपुर्ण कार्यको सुरु गरेकोमा मदिरा संघ मोरङ्गको प्रशंसा व्यक्त गर्नु भयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा भवन निर्माण समितिका संयोगक गोविन्द के.सी.ले संघको आगामी २०८० साल पौष २५ गते आयोजना हुने १६ औं बार्षिक उत्सवको कार्यक्रम आफ्नै भवनमा आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । भवन निर्माणका लागि यति बुअरीका जी.एम. अरुण के.सी.ले रु. एकाउन्न हजार रुपौया आर्थिक सहयोग गर्नु भएको छ ।
यस्तै गोल्डेन लिकर्शले रु. एक लाख रुपाैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ भने मदिरा व्यवसायी संघ मोरङका पूर्व अध्यक्ष डिल्लीराम शर्माले रु. पाँच हजार पाँच सय पचपन्न रुपौया सहयोग गर्ने वताउनु भएको छ । भवन निर्माणका लागि मदिरा व्यवसायी संघ मोरङ्ग्ले देशै भरिका मदिरा व्यवसायी संघहरु र महासंघ प्रदेश कार्यसमितिहरुबाट समेत आर्थिक सहयोग हुने अपिक्षा गरिएको अध्यक्ष तारा वहादुर वाँनियाले बताउनु भयो ।

कार्यक्रममा महासंघका अध्यक्ष सोनाम शेर्पा, कोषाध्यक्ष रमेश आचार्य महासंघ बागमति प्रदेशका पुर्व अध्यक्ष मदन गौतम, मदिरा व्यवसायी संघ मोरङ्गका पदाधिकारीहरु लगायत मोरङ्ग जिल्लाका मदिरा व्यवसायीहरुको समेत सहभागिता रहेको थियो ।

