इटहरी मदिरा व्यवसायी संघको सातौ वार्षिक उत्सवको कार्यक्रम भव्यताका साथ सम्पन्न

इटहरी मदिरा व्यवसायी संघले संस्थाको सातौ वार्षिक उत्सव विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । संघको सातौ वार्षिक उत्सवको अवसरमा इटहरी उधोग बाणिज्य संघ इटहरीको सहकार्यमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
रक्तदान जीवनदान भन्ने नाराका साथ जेष्ठ ०३ गते मदिरा संघको सातौ बार्षिक उत्सवको अवसरमा इटहरीको संगीत चौकमा उधोग बाणिज्य संघ इटहरी र इटहरी मदिरा ब्यावसायी संघको सयुक्त आयोजनामा मदिरा व्यवसायी संघका पदाधिकारीहरु, उधोग वाणिज्य संघ ईटहरीका पदाधिकारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय ब्यवसायीहरु समेतको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रमबाट २२८ पिन्ट रगत संकलन भएको इहरी मदिरा व्यासायी संघका अध्यक्ष राजेन्द्र कुमार राईले जानकारी दिनु भयो ।

रक्तदान कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय कोषाध्याक्ष रमेश आचार्य, केन्द्रीय सदस्य चक्र बहादुर श्रेष्ठ, प्रदेश उपाध्यक्ष गोपाल चापागाईं, विभिन्न बस्तुगत संस्थाका प्रतिनिधीहरु, विशेष पिबुल्स क्लबका पदाधिकारीहरु, शसस्त्र प्रहरी, ईलाका प्रहरी कार्यालयमा कार्यरत नेपाल प्रहरी लगायतका स्थानीय युवा कल्वहरुका पदाधिकारीहरु गरि जम्मा २२८ जनाले रक्तदान गरेकाेमा ५० जना भन्दा वढि मदिरा व्यवसायीहरुले रक्तदान गर्नु भएको थियो ।

रक्तदान मानव सेवा को सर्वोत्तम कार्य हो भन्ने नारा को साथ रक्तदान कार्यक्रम सम्पन्न गरिएको उधोग वाणिज्य संघ ईटहरी रक्तदान कार्यक्रमका संयोजक तथा ईटहरी मदिरा संघका कार्य समिति सदस्य आश्रित चापागाईंले बताउनु भयो ।

सामाजिक उत्तरदायी अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गदै आएको ईटहरी मदिरा संघले संस्थाको सातौ वार्षिक उत्सवको अवसरमा इटहरी उद्योग वाणिज्य संघ लगायतका विभिन्न निकायहरुको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको मदिरा संघका अध्यक्ष राई ले बताउनु भयो । उहाँले मदिरा संघको सातौ वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गर्न रक्तदान लगायतका कार्यक्रममा सहकार्य गरेकोमा ईटहरी उधोग वाणिज्य संघ, स्थानीय कल्वहरु लगायतलाई धन्यवाद तथा आभार व्यक्त गर्नभएको छ ।

यस्तै इटहरी मदिरा व्यवसायी संघको सातौ वार्षिक उत्सवका अवसरमा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा, कोषाध्यक्ष रमेश आचार्य लगायतले शुभकामना ब्यक्त गर्नु भएको छ ।

Share This On:

Leave a Reply