महासंघ वाग्मती प्रदेशका नव नियुक्त पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण तथा कार्यालय उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न

नेपाल मदिरा व्यवसायी महासंघ वाग्मती प्रदेशका नव नियुक्त पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण तथा कार्यालय उद्घाटन भव्यताका साथ काठमान्डौ सम्पन्न भएको छ । महासंघको भवनमा वाग्मति प्रदेश कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अथिति महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाले विषेश समारोहका विच नवनियुक्त पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण तथा प्रदेश कार्यालय उद्घाटन गर्नु भएको हो ।

महासंघ वाग्मति प्रदेश कार्यसमितिको बैठकले वाग्मति प्रदेश कार्यसमितिलाई पुर्णता दिएको छ । प्रदेश उपाध्यक्ष पदमा भरत बहादुर थापा मगर, सचिव पदमा सुरोज खिमु श्रेष्ठ, कोषाध्यक्ष पदमा सरस्वति बाँनिया र सदस्य पदमा कृष्णलाल श्रेष्ठलाई मनोनित गरिएको छ । नेपाल मदिरा व्यवसायी महासंघको समन्वयमा बाग्मति प्रदेश कार्यसमितिले पुर्णता पाएको वाग्मति प्रदेशका अध्यक्ष हरि प्रसाद दाहालले बताउनु भयो ।

सोमवार कार्यक्रमको उद्घाटन गदै महासंघका अध्यक्ष सोनाम शेर्पाले आफ्नो अधिल्लो कार्यकालमा महासंघको भवन निर्माण सम्पन्न भएको र यस कार्यकालमा व्यवसायीक हक, हितका लागि थप कार्य गरिने वताउदै महासंघको भवन भित्र अहिले तिन वटा कार्यालयहरु संचालनमा आएकाले निकै खुसि लागेको वताउनु भयो । उहाँले काठमान्डौ जिल्ला संघ, वागमति प्रदेश कार्यालय र महासंघको कार्यालय एउटै भवनमा संचालन आउँदा महासंघलाई अभिभावकीय जिम्मेवारी थपिएको समेत वताउनु भयो । कार्यालय संचालनका लागि ललितपुर भक्तपुर जिल्ला संघले समेत महासंघको भवन प्रयोग सकिने पनि उहाँले वताउनु भयो ।

नव नियुक्त वाग्मति प्रदेश पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गदै अध्यक्ष शेर्पाले अव महासंघले दिगो संस्थागत विकासका लागि काम गर्ने वताउनु हुदै चाडै नै प्रभावकारी रुपमा मिडिया संचालन गरिने वताउनु भयो । सबै व्यवसायीहरुले आपसि सहकार्य गर्दा कुनै पनि समस्याको समधान गर्न सकिने र यसका लागि महासंघ विगत देखि नै व्यवसायीहरुको हक हितमा काम गदै आएको उहाँले वताउनु भयो ।

कार्यक्रममा महासंघका महासचिव गोविन्द प्रसाद बरालले नवनियुक्त पदाधिकारीहरुलाई वधाई तथा शुभकामना व्यक्त गदै उहाँले जिल्ला संघ र प्रदेश महासंघ वलियो भएपछि मात्र महासंघको गरिमा बढ्ने भएकाले व्यवसायीहरुका चुनौतिहरुको समधान गर्न जिल्ला, प्रदेश र महासंघले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो । महासचिव बरालले महासंघले व्यवस्थित रुपमा प्रशासनिक कार्य गर्न आवश्यक तयारी गरिरहेको र दिगो संस्थागत विकासका लागि जिल्ला र प्रदेशसंग सहकार्य गरिने पनि वताउनु भयो ।

यस्तै कार्यक्रममा वाग्मति प्रदेशका निवर्तमान अध्यक्ष मदन गौतमले मदिरा महासंघ प्रदेश कार्यसमितिमा निकै चुनौति भएपनि सबैको सहकार्यमा चुनौतिहरुको व्यवस्थापन गर्न सकिने वताउनु भयो । उहाँले वाग्मती प्रदेशको संस्थागत विकासमा सक्दो सहयोग गर्ने बताउदै नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा मदिरा व्यवसायी संघ काठमान्डौका अध्यक्ष राजन के.सी.ले मदिरा व्यवसायीहरु निकै समस्यामा रहेकाले यसको सुनुवाई गर्न राज्यलाई दवाद दिनुपर्ने बताउनु भयो । उहाँले महासंघको नेतृत्वमा व्यवसायीक विकासका लागि गरिने विभिन्न कार्यक्रमहरुमा काठमान्डौ संघको सहभागिता रहदै आएको र व्यवसायीहरुको हक, हित र अधिकारका लागि काम गर्न अव वाग्मती प्रदेश समितिले पुर्णता पाएसंगै थप प्रभावकारी हुने वताउनु भयो । अध्यक्ष के.सी.ले प्रदेश महासंघ, महासंघको केन्द्रिय समितिको सहकार्यमा काठमान्डौ जिल्मला मदिरा संघले थप कार्य गर्ने बताउनु भयो ।

बाग्मती प्रदेश अध्यक्ष हरि प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बाग्मति प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । अध्यक्ष दाहालले महासंघ वाग्मती प्रदेश नेपाल मदिरा व्यवसायी महासंघको एउटा अभिन्न अंक भएकाले प्रदेशका हरेक कार्यक्रमहरु महासंघको सहकार्यमा गरिने बताउनु भयो । उहाँले महासंघको भवनमै मदिरा व्यवसायी महासंघ वाग्मती प्रदेश कार्यसमितिको कार्यालय उद्घाटन गर्न पाउँदा खुसि लागेको बताउनु भयाे । उहाँले कार्यालय संचालनका लागि सहयोग गरिदिनु भएकोमा महासंघका अध्यक्ष सोनाम शेर्पा तथा केन्द्रिय समिति प्रति आभार व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष सोनाम शेर्पा, महासचिव गोविन्द प्रसाद बराल, महासंघ वाग्मती प्रदेशका निवर्तमान अध्यक्ष मदन गौतमले नवनियुक्त पदाधिकारीहरुलाई प्रमाण पत्र, परिचय पत्र वितरण गर्नु भएको थियो । आजै नवयिुक्त पदाधिकारीहरुले पदिय जिम्मेवारी ग्रहण गर्नु भएको छ । महासंघ वाग्मती प्रदेश अध्यक्ष हरि प्रसाद दाहालले नवनियुक्त पदाधिकारीहरुलाई स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा उपाध्यक्ष भरत बहादुर थापा मगरले स्वागत मन्तव्य र सचिव सुरोज खिमु श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागिहरुलाई धन्यवाद ज्ञापन कोषाध्यक्ष सरस्वती बाँनियाले गर्नु भएको थियो । कार्यक्रममा महासंघका पुर्व कोषाध्यक्ष रुपक अर्याल, सदस्य सुर्य प्रसाद अर्याल, काभ्रे जिल्ला मदिरा संघका अध्यक्ष कुवेर सापकोटा, भक्तपुर मदिरा संघका उपाध्यक्ष कृष्णराम कोजु, ललितपुर मदिरा संघका महासचिव हरिहर अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Share This On:

Leave a Reply