नेपाल मदिरा व्यवसायी महासंघले मदिरा व्यवसाय संचालनमा आएको चुनौति समधानका लागि थप निर्णय गर्न मदिरा व्यवसायी संघका जिल्ला अध्यक्षहरुको भेला आयोजना गरेको छ । जेठ २७ गते काठमान्डौमा सम्पन्न हुने उक्त भेलाले व्यवसायीहरुका समस्याहरुको दिगो समधान गर्न ठोस निर्णय गर्ने बताइएको छ ।
महासघले कम्पनी, होलसेल र खुद्रा व्यवसायीहरु विच निश्चित मार्जिन तोकिनुपर्ने बताउदै आएको छ । गत जेठ १५ गते प्रस्तुत भएको आ.ब.२०८०/०८१ को वजेट पछि मदिरा उत्पादन कम्पनीहरुले सार्वजनिक गरेको मुल्य सुचिमा मदिरा व्यवसाय संचालनका लागि मदिरा उत्पादक कम्पनीले थाेक व्यापारीलाइ कम्तिमा ५ प्रतिशत र खुद्रा व्यापारीका लागि १० प्रतिशत मार्जिक हुनुपर्ने माग व्यावसायीको छ महासंघको समन्वयमा मदिरा कम्पनीहरुसंग छलफल भएपनि उक्त मार्जिन कार्यन्वयन नभएकाले मदिरा व्यवसाय संचालनमा चुनौति देखिएकोले यसको दिगो समधानका लागि सामुहिक निर्णय गर्न जिल्ला अध्यक्षहरुको सयुक्त बैठक आयोजना गरिएको महासंघका अध्यक्ष सोनाम शेर्पाले वताउनु भयो । यसको तत्काल समस्या समधान गर्न महासंघले मदिरा उत्पादक कम्पनी र व्यवसायीहरु विच समन्वय गरेर समधान खाज्ने समेत उहाँले बताउनु भयो ।
व्यवसायीहरुको व्यापक गुनासो आएपछि नेपाल मदिरा व्यवसायी महासंघले देशैभरिका मदिरा व्यवसायी संघका जिल्ला अध्यक्षको भेला बोलाएको छ । महासंघका महासचिव गोविन्द प्रसाद बरालले भन्नु भयो हालै नेपाल सरकारले मदिरा व्यवसायीहरुका मागहरु समाबेश गर्नुपर्ने बताउदै व्यवसायीक क्षेत्रबाट बर्षेनि मदिरा व्यवसायीहरुले राज्यलाई उल्लेख्य मात्रामा राजस्व तिर्ने गरेपनि राज्यले व्यवसायीहरुका समस्याहरु समधान उदासिन देखिएकाले अहिलेको चुनौति आएको बताउनु भयो । उहाँले मदिरा उत्पादन कम्पनीहरुले समेत मदिरा विक्रि वितरण गर्ने व्यवसायीहरुको सवालमा ध्यान नदिएको भन्दै मदिरा व्यवसायीहरुको गुनासो आएको बताउनु भयो ।
उहाँले होलसेल र खुद्रा मदिरा कारोवार गर्ने व्यवसायीहरुले पाउनुपर्ने न्युनतम मुल्य समेत नपाउने अवस्था आएकाले मदिरा व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको वताउनु भयो । मदिरा उत्पादक कम्पनीले थाेक व्यापारीलाइ कम्तिमा ५ प्रतिशत र खुद्रा व्यापारीका लागि १० प्रतिशत मार्जिकको व्यवस्था नगरे मदिरा व्यवसाय धान्न कठिन हुने उहाँको भनाई छ । घरभाडा, कर्मचारी खर्च, बैक व्याज लगायतका खर्च व्यवस्थापन गर्न अहिलेको अवस्थामा समस्या देखिएको भनेर मदिरा व्यवसायीहरुले व्यापक गुुनासो आएपछि महासंघले सबै जिल्लामा रहेका मदिरा व्यवसायी संघका अध्यक्षहरुको भेला आयोजना गरिएको र यस भेलाले थप योजनाका साथ व्यवसायीहरुको मार्जिन सम्वन्धमा देखिएको समस्या समधान गर्न निर्णय गर्ने बताउनु भयो ।
महासंघको आयोजनामा आगामी शनिवार (जेठ २७ गते) नेपाल मदिरा व्यवसायी महासंघ केन्द्रिय समिति, प्रदेश कार्यसमिति र मदिरा संघका जिल्ला अध्यक्षहरुको सयुक्त बैठकले मदिरा व्यवसायीहरुका समस्या र चुनौति एबं मार्जिन सम्वन्धी समस्याको समधान गर्न ठोस निर्णय गर्ने महासचिव बरालले बताउनु भयो । महासंघको केन्द्रिय कार्यालयको सभाहलमा सम्पन्न हुने उक्त भेलाको लागि सबै तयारी पुरा गरिएको महासंघले जनाएको छ ।


