मदिरा व्यवसायी संघ काठमान्डौले सल्लाहकार तथा पदाधिकारीहरु मनोनित गरि प्रमान पत्र समेत वितरण गरेको छ । संघले शुक्रवार विषेश कार्यक्रमको आयोजना गरि कानुनी सल्लाहकार अधिवक्ता सुदिप नेपाल, अधिवक्ता दिनेश खड्का, सल्लाहकारहरुमा सल्लाहकार श्री मदन गौतम, रुपक अर्याल, राजकुमार श्रेष्ठ, हरि सिटौला, हेमन्त पसाई, सुवास प्रधान, साधुराम गौतम, अमिर विडारी नियुक्त गरि प्रमान पत्र प्रदान समेत गरेको छ ।

यसै गरि उक्त कार्यक्रममा संघमा रिक्त रहेका विभिन्न पदहरुमा पदाधिकारीहरु नियुक्त गरि प्रमान पत्र प्रदान गरिएको छ । संघको उपाध्यक्ष पदमा गंगा प्रसाद सेडाइ, सदस्य पदमा दिपक श्रेष्ठ, प्रकाश घोरासैनि, भुपेश खड्का, किशोर बस्नेत लाई मनोनित गरि प्रमान पत्र प्रदान गरिएको हो ।

नवनियुक्त सल्लाहकार तथा पदाधिकारीहरुको मनोनित पछि संघको दिगो संस्थागत विकासमा योगदान हुने विश्वास व्यक्त गरिएको छ । नव नियुक्त सल्लाहकार तथा पदाधिकारीहरुलाई संघका अध्यक्ष राजन के.सी.ले स्वागत गर्नुभएको थियो भने कार्यक्तमका प्रमुख अथिति नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले खादा लगाएर सम्मान गर्नु भएको हो ।



