मदिरा व्यवसायी संघ, काठमाण्डौ द्धारा प्रकाशित बुलेटिन परिश्रुता विमोचन

मदिरा व्यवसायी संघ, काठमाण्डौले प्रकाशन गरेको बुलेटिन परिश्रुताको विमोचन कार्यक्रम शुक्रवार काठमान्डौमा सम्पन्न भएको छ । नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा, महासंघका पूर्व अध्यक्ष शन्तोष पाण्डे, राम श्रेष्ठले संयुक्त रुपमा विषेश समारोहका विच उक्त बुलेटिन विमोचन गर्नु भएको हो ।

महासंघका अध्यक्ष शेर्पाले बुलेटिन विमोचन गदै दिगो व्यवसायीक विकासका लागि व्यवसायीहरु विच एकता कायम हुनुपर्ने बताउनु भयो । उहाँले व्यवसायीक क्षेत्रमा देखिएका गलत प्रबृतिको अन्त गर्न व्यवसायीहरुले राम्रो लाई राम्रो र गलत लाई गलत भन्न सक्नुपर्ने बताउदै सबैको पहलमा मात्र मदिरा व्यवसायलाई मर्यादित बनाउन सकिने बताउनु भयो ।

महासंघले उत्पादक कम्पनीहरुले मदिरा विक्रि वितरणका लागि कम्तीमा पनि ५ प्रतिशत मार्जिक हुनुपर्ने विषयमा आन्दोलनका रुपमा सुरु गरिएको बताउनु भयो । मार्जिनका विषयमा धेरै कम्पनीहरुसंग छलफल गरिएको भएपनि केहि कम्पनीहरु बाहेक धेरै कम्पनीहरुले कार्यन्वयन नगरेकाले पुन यस विषयमा पहल गरिने बताउनु भयो । महासंघ व्यवसायीक हितका लागि काम गदै आएको बताउदै अध्यक्ष शेर्पाले व्यवसायीहरु इमान्दार भए मात्र व्यवसायी क्षेत्रको सुधार हुने बताउनु भयो ।

अधिल्लो कार्यकालमा संस्थागत विकासका धेरै कामहरु सम्पन्न भएको र यस कार्यकालमा व्यवसायीक विकासका लागि थप काम गरिने समेत वताउनु भयो । मदिरा संघ काठमान्डौले बुलेटिन प्रकाशनको सुभारम्भले व्यवसायीहरुलाई थप मदत हुने पनि वताउनु भयो । कार्यक्रममा अध्यक्ष शेर्पाले अव महासंघको नेतृत्वमा मदिरा उत्पादकहरु समेत आउनुपर्ने बताउदै मदिरा उत्पादकहरुले डिलर र खुद्रा व्यवसायीहरुका समस्या बुझ्नुपर्ने बताउनु भयो ।

कार्यक्रमका विषेश अथिति महासंघका पुर्व अध्यक्ष शन्तोष पाण्डेले मदिरा व्यवसायलाई मर्यादित बनाउन सबै पक्षको भुमिका उत्तिकै रहेको बताउदै मदिरा उत्पादक कम्पनीहरु प्र.लि बाट लिमिटेडमा रुपान्तरण भएर शेयर वजारमा जानुपर्ने बताउनु भयो । मदिरा उत्पादनमा सम्भाव्यता अध्ययन नगरि कम्पनी स्थापना गर्ने प्रबृतिका कारण मदिरा व्यवसायमा समस्या आएको बताउदै उहाँले नेपाल मदिरा व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीक सुधारका लागि पहल गर्नुपर्ने बताउनु भयो ।

यसैगरि कार्यक्रममा विषेश अथिति महासंघका पूर्व अध्यक्ष राम श्रेष्ठले मदिरा व्यवसायमा सुधार गर्न सबैले इमान्दारीताका साथ व्यवसाय संचालन गर्नुपर्ने बताउदै व्यवसायीहरुको हक, हित र अधिकारका महासंघले रचनातम कार्य गदै आएको र यस बुलेटिनले समेत सकारात्म पहल गर्ने बताउनु भयो । मिडियाले राज्य र व्यवसायीहरु विच पुलको रुपमा काम गर्ने भएकाले बर्तमान अवस्थामा देखिएका व्यवसायीक समस्याहरु बुलेटिन मार्फत सम्वन्धीत निकायहरु समक्ष पु¥याउन सकिने बताउदै मिडियाको प्रयोगबाट व्यवसायीहरुका सवालहरु उठाउन सकिने बताउनु भयो ।


कार्यक्रममा विशिष्ठ अथिति नेपाल मदिरा व्यवसायी महासंघका महासचिव गोविन्द प्रसाद बरालले मदिरा आन्दोलनमा मिडियाको महत्वपुर्ण भुमिका रहने बताउदै यस बुलेटिनले महासंघ र जिल्ला संघहरुले उठाएका कयौ सवालहरुलाई अझ शसक्त बनाउने वताउनु भयो उहाँले सबैको पहलबाट मात्र व्यवसायीक समस्याको समधान गर्न सकिने बताउदै महासंघ व्यवसायीक हितका लागि सधैब प्रर्यत्नशिल रहेको बताउनु भयो । बुलटिन प्रकाशन महत्वपुर्ण कार्यको सुरुवात भएको भन्दै यसको निरन्तरताको कामना गर्नु भयो ।

कार्यक्रममा विशिष्ठ अथिति महासंघ बागमति प्रदेश अध्यक्ष हरि प्रसाद दाहालले महासंघ बागमति प्रदेश यस प्रदेश अन्र्तगत पर्ने जिल्लामा रहेका मदिरा व्यवसायी संघ र मदिरा व्यवसायीहरुको समग्र विकासका लागी सहकार्य गदै आएको छ र आगामी दिनहरुमा समेत नेपाल मदिरा व्यवसायी महासंघको नेतृत्व र सल्लाहमा थप कार्य संचालन गरिने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष राजन के.सी.ले मदिरा व्यवसायीहरुको हक, हित र अधिकारका लागि काठमान्डौ संघले विभिन्न कार्यक्रमहरु संचालन गदै आएको बताउदै बुलेटिन प्रकाशन पनि व्यवसायीहरुको हितकै लागि भएको बताउनु भयो ।

सबैको साझा प्रयासबाट मात्र व्यवसायीक विकास गर्न सकिने भएकाले बुलेटिन प्रकाशनमा रचनात्मक सहयोगको लागि आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा मदिरा व्यवसायी संघ ललितपुरका अध्यक्ष उपेन्द्र लाखेले बुलेटिन प्रकाशनले मदिरा व्यवसायीहरुको मर्यादा उच्च हुने र व्यवसायीहरुका गुनासोहरु सम्वन्धीत निकायहरु सम्म पु¥याउन सहज हुने बताउनु भयो ।

कार्यक्रममा महासंघका सहकोषाध्यक्ष राजु लामा तामाङ्ग, केन्द्रिय सदस्य सुर्य प्रसाद अर्याल, संघका कानुनी सल्लाहकार अधिवक्ता सुदिप नेपाल, अधिवक्ता दिनेश खड्का, सल्लाहकारहरु रुपक अर्याल, राजकुमार श्रेष्ठ, हरि सिटौला, अमिर विडारि, मदिरा संघ भक्तपुरका अध्यक्ष जीवन छुस्याकी, वागमति प्रदेश सचिव सुरोज खिमु श्रेष्ठ, कोषाध्यष सरस्वति बानियाँ लगायतको आथित्यता रहेको थियो ।

संघका अध्यक्ष राजन के.सी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव सुशिल खड्काले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष रुप तामाङ्ग.ले गर्नु भएको थियो ।

Share This On:

Leave a Reply