मदिरा ब्यबसायी संघ रुपन्देहीका कार्यसमिति सदस्य बिपिन तिमिल्सिनाको बिपिन कोल्ड स्टोरमा आगलागी हुँदा लाखौको क्षति पुगेको छ भने उक्त आगलागिमा परि संचालक विपिन तिमिल्सिना घाईते हुनुभएको घटना प्रति नेपाल मदिरा व्यवसायी महासंघले दुख व्यक्त गरेको छ ।

असोज ६ गते राति भएको आगलागीको जानकारी महासंघका केन्द्रिय सदस्य हरि पाण्डे र मदिरा संघ रुपन्देहिका निवर्तमान अध्यक्ष कृष्ण गौतमले नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पालाई जानकारी गराए लगत्तै महासंघका पदाधिकारीहरुसंग आक्समिक छलफल गरि महासंघका अध्यक्ष शेर्पाले केन्द्रिय उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठ सहितको टोलिलाई घटना स्थल पुगी आगलागिको घटनाको विवरण बुझि आगलागी पिडित मदिरा व्यवसायीलाई तत्काल एक लाख एक हजार रुपौया उपलब्ध गराउन निर्देशन गर्नु भएको थियो ।

महासंघका उपाध्यक्ष मृग्रेन्द गोविन्द श्रेष्ठ, महासंघका सल्लाहकार दिनेश श्रेष्ठ सहितको टोलीले घटना स्थल पुगि पिडित व्यवसायीलाई भेट गरि महासंघले उपलब्ध गराएको एक लाख एक हजार रुपौयाँको चेक पिडित व्यवसायीलाई हस्तान्तरण गरिएको महासंघका उपाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
तत्काल पिडित व्यवसायीको राहात स्वरुप उक्त रकम प्रदान गरिएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष शेर्पाले नेपाल मदिरा व्यवसायी महासंघ सधै मदिरा व्यवसायीहरुको सुख दुखमा साथ दिदै आएको बताउनुहुदै पिडित व्यवसायीलाई तत्काल आवश्यक व्यवस्थापन गर्न सहज होस भनि उक्त रकम उपलब्ध गरिएको बताउनु भयो ।
आगलागि पछि पसल पूर्ण रुपमा जलेर क्षति भएको छ भने संचालन विपिन तिमिल्सिना गम्भीर घाईते बन्नु भएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने र घाइतेको उपचार भैरहेको छ ।

नेपाल मदिरा व्यवसायी महासंघले आगलागि पिडित व्यवसायीलाई आर्थिक सहयोग गर्न समेत सबै व्यवसायीहरुलाई आग्रह गरेको छ ।

