नेपाल मदिरा ब्यवसायी महासंघको आयोजनामा खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । महासंघका पूर्व अध्यक्ष सुधर प्रधानको स्मृतिमा उक्त खेलकुद प्रतियोगिताको आयोजना गरिन लागिएको महासंघले जनाएको छ ।
महासंघको बैठकले पूर्व अध्यक्ष सुधर प्रधानको समृतिमा पहिलो पटक व्याडमिन्टन प्रतियोगिताको आयोजना आगामी पुस ६ र ७ गते चितवनमा हुन लागेको महासंघका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनु भयो । उहाँले यस खेलकुदमा मदिरा व्यवसायीहरु मात्र सहभागि हुने भएकाले खेलमा सहभागि हुनेहरुले सम्वन्धीत जिल्ला मदिरा व्यवसायी संघ वा मदिरा उत्पादक तथा वितरक कम्पनीहरुबाट सिफारिस ल्याउनु पर्ने समेत बताउनु भयो ।
खेलमा एकल सहभागिताका लागि रु.३००० र दुई जना सहभागिताका लागि रु. ५,००० दर्ता शुल्क सहित पुस ५ गते भित्र समुह दर्ता गरिसक्नु पर्ने महासंघले जनाएको छ । खेलाडिहरुलाई आवासिय सुविधा उपलब्ध हुने उक्त व्याडमिन्टन खेलमा प्रथम, द्धितिय र तितृय हुने समुहलाई क्रमशः ५०,०००, २५,००० र १०,००० नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस खेलकुदमा देशैभरिबाट मदिरा व्यवसायीहरुको सहभागिता हुने महासंघले जनाएको छ ।
यसै गरि उक्त अवसरमा पुस ६ र ७ गते चितवनमा नेपाल मदिरा व्यवसायी महासंघको केन्द्रिय कार्यसमितिको पूर्ण बैठक समेत आयोजना गरिएको महासंघका महासचिव गोविन्द प्रसाल बरालले जानकारी दिनु भयो । उहाँका अनुसार बैठकले महासंघको विगतको समिक्षा तथा आगामी कार्ययोजना बारे छलफल गरिने छ ।

